असोज २०
नेकपा(माओवादी केन्द्र) को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले जेनजी विद्रोहपछिको राजनीतिक अवस्था, पार्टी एकता तथा ध्रुवीकरण, महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट कार्यविधि लगायत विषयमा छलफल हुने सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।
असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा आगामी मङ्सिर अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन भनिए पनि एकता महाधिवेशन पनि हुनसक्ने बताएका थिए । रातोपाटीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1