ओमानविरूद्ध नेपालले जित निकालेको क्षण

असोज ३०

नेपाल आइसिसी टी-२० विश्वकप छनोटको उपाधिनजिक पुगेको छ।

ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत बुधबार राति ओमानलाई पराजित गरेसँगै नेपाल प्रतियोगिताको उपाधिनजिक पुगेको हो।

नेपाली टोली प्रतियोगिताको २ खेल अगाडि नै टी-२० विश्वकपमा पुगिसकेको छ।

अब शुक्रबार सामोआलाई पराजित गरे नेपाल प्रतियोगिताको च्याम्पियन बन्नेछ।

बुधबार राति घरेलु टोलीलाई ३८ रनले पराजित गर्दै नेपालले अंक तालिकामा ८ अंक बनाएको छ।

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा ११३ रन मात्र जोड्न सक्यो।

ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाउँदा अरु ब्याटर चल्न सकेनन्।

बलिङमा नेपालका गुल्झन झाले ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवको नाममा २-२ विकेट रह्यो। सन्दीप लामिछानेले १ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिटमार्फत् एक रनआउट गरे

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रन जोड्यो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। कुशलले ६९ रन जोड्ने क्रममा ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २४ रन जोडे।

तर रोहित पौडेल १ रन, दीपेन्द्रसिंह ऐरी २ रन र कुशल मल्ल ७ रनमा आउट हुँदा नेपालले मध्य ओभरमा दबाब झेल्न परेको छ।

आदिल अन्सारीले १५ बलमा १६ रन र गुल्झन झाले १८ रन बनाए। आदिलले १५ बलमा ३ चौका र गुल्झनले १० बलमा २ छक्का प्रहार गरे। नन्दन यादवले ९ रन जोड्दा सोमपाल कामी १ रन र लोकेश बम शून्यमा आउट भए।

बलिङमा ओमानका नदीम खानले ४ विकेट लिए।

तस्बिरमा हेर्नुस ओमानविरूद्ध नेपालले जित निकालेको क्षण-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply