होटल व्यवसाय राति १० बजेसम्म मात्रै सञ्चालन गर्न निर्देशन

कार्तिक ०२ धनगढी ।
जिल्ला प्रशासन कार्यालय कैलालीले सबै किसिमका होटल व्यवसाय राति १० बजेसम्म मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।
प्रमुखअ जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना जारी गर्दै व्यवसायीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी लम्सालद्वारा जारी सूचनामा भनिएको छ ‘देशको पछिल्लो परिस्थिति र जिल्लाको हालको शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी सार्वजनिक सुरक्षा, सुव्यवस्था र सामाजिक मर्यादा कायम राख्ने उद्देश्यका साथ अर्को व्यवस्था नभएसम्मका लागि सबै किसिमका होटल व्यवसाय, डान्स बार दोहोरी साँझ लगायतका मनोरञ्जनसम्बन्धी व्यवसायहरू राति १०ः०० वजेसम्म मात्र सञ्चालन गर्नु गराउन हुन सम्बन्धित सम्पूर्ण व्यवसायीहरूलाई जानकारी गराइन्छ ।’

‘यो सूचनाको अबज्ञा गरि कानून विपरीतका कार्यहरु गरे/गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही भइ जाने व्यहोरा समेत सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’ जारी सूचनामा भनिएको छ ।

साथै सूचनामा नेपालीहरुको महान चाड शुभ–दिपावली तथा छठ पर्व २०८२ को शुभ अवसरमा सम्पूर्ण जिल्लाबासीमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना समेत व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply