कार्तिक ०९
नवनियुक्त मन्त्रीद्वय सुधा शर्मा र बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीद्वय शर्मा र गुप्तालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ता युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि मन्त्रीमा चार जनाको नाम सिफारिस गरेको थियो । मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारको बारेमा विवाद आएपछि उनीहरुको शपथ रोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
