बलवान सडक सञ्चालन हुने तयारीमा : स्थानीयको सहयोगमा विकासको नयाँ पाटो

हेमा भट्ट, कार्तिक २६, कञ्चनपुर
कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ मा शान्ति टोल हुँदै नयाँ बलवान सडक सञ्चालनमा ल्याइएको छ। नगरको पूर्वाधार विकास र यातायात सहज बनाउन स्थानीयवासीको सक्रिय पहलमा उक्त सडकको ट्रयाक खोल्ने कार्य औपचारिक रूपमा सुरु गरिएको हो।

कार्यक्रममा कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझा, वडा नं. ९ का वडा अध्यक्ष कैलाश बलायर, रैकवार खबर दैनिकका सञ्चालक तथा पत्रकार पदम सुनार, र वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी लगायतको विशेष उपस्थिति रहेको थियो।

सडक निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता धर्मराज तिरुवा, रनसिंह तिरुवा, टेकबहादुर तिरुवा, तेजबहादुर तिरुवा, तारा सुनार (तिरुवा), पूजा सुनार (तिरुवा), रूपा सुनार (तिरुवा), राधा विक, ललित विक, धर्मा विक, पार्वती विक, बसन्ती विक, चम्फा विक, साबित्रा सुनार (तिरुवा), नवलसिंह विक, दानबहादुर विक, रघुबिर सुनार, गंगाराम सुनार, र कमल सुनारलाई कार्यक्रमका वक्ताहरूले विशेष धन्यवाद ज्ञापन गरे।

सडकको नाम समाजसेवी धनबहादुर बिकले ´´बलवान सडक” नामाङ्कन गर्नुभएको हो। उक्त सडकले पश्चिमतर्फ शान्ति टोल र पूर्वतर्फ प्रगति टोललाई जोड्ने गरी विस्तार गरिएको छ। यसले राजघाट, ढखानेपानी, घोडाघाट, खानेपानी र प्रगति टोल जोड्ने यातायातिक सञ्जाललाई सुदृढ पार्ने अपेक्षा गरिएको छ।

वडा अध्यक्ष बलायरले सबै जग्गादाताको योगदानप्रति आभार व्यक्त गर्दै भने,हामी सबै मिलेर विकासको बाटो खुलाउँदैछौं। सडक, पुल र खानेपानी जस्ता पूर्वाधार विकासलाई वडा प्राथमिकतामा राखिएको छ।

स्थानीय सरकारका प्रतिनिधिहरूले सडक ट्रयाक सञ्चालनपछि अब छिट्टै घलघले नालामा पुल निर्माणको पहल अघि बढाइने जानकारी दिए।

सडक पिपरिया हुँदै बालुवा नाला किनार, घलघले नाला पार गर्दै खानेपानी क्षेत्र हुँदै वडा कार्यालय नजिकैसम्म पुग्नेछ। नदी किनारको शान्त वातावरण, चिसो हावापानी र चराहरूको मधुर आवाजले यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई अझ आकर्षक बनाएको छ।

स्थानीयवासीहरू विकासको काम सुरु भएपछि उत्साहित छन्। उनीहरूका अनुसार—हामी सबैले दिएको जमिनले हाम्रो बस्तीमा नयाँ सम्भावनाको ढोका खोल्नेछ। विकासका लागि सघाउन पाउँदा गर्व लागेको छ।

यसरी, बलवान सडकको सञ्चालनसँगै कृष्णपुर–९ मा विकासको नयाँ चरण सुरु भएको छ, जहाँ सहयोग, एकता र सामूहिक प्रयासले विकासको दिशा देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply