श्रीनिवास दिव्यधाम पुनर्वास ८ मा श्रीमदभागवत सम्पुट पारायण महाअनुष्ठान हुने

धनबहादुर बिक –
पुनर्वास – मंसिर २
श्रीनिवास दिव्यधाम पुनर्वास ८ मा माघ १६ देखि फाल्गुन १६ गतेसम्म अष्टोत्तरशत ( १०८)श्रीमदभागवत सम्पुट पारयण महाअनुष्ठान हुने जनाईएको छ ।

पुनर्वास नगरपालिका ८ पृथ्वीबस्तिमा रहेको श्रीनिवास दिव्यधाम ले सोमबार मंगलबार पत्रकार सम्मेलन को आयोजना गरि उक्त बिषयमा जानकारी गराएको हो ।

करिब २३ दिनसम्म सञ्चालन गरिने धार्मिक अनुष्ठान मा राष्ट्र शान्ति ,लोक कल्याण तथा भगवान को कृति बढोस भन्ने उदेश्य ले उक्त कार्यक्रम को आयोजना गर्न लागिएको दिव्यधामका स्वामी गोविन्द अवस्थिले जानकारी दिए ।

२३ दिनसम्म निरन्तर सञ्चालन गरिने धार्मिक अनुष्ठानमा भारत लगायत नेपाल का विभिन्न क्षेत्र का प्रमुख यज्ञाचार्य हरू पाल्नुहुने श्रीनिवास दिव्यधामका संरक्षक गोविन्द स्वामी ले बताउनुभयो । उहाँका अनुसार यज्ञाचार्य अनन्तश्रीविभुषित वंगिपुरं नम्बी मठ पीठाधीश्वर श्री रामप्रिय भट्टाचार्य श्वामीजी , प्रमुख सान्निध्य श्रीमद्देदमार्गप्रतिष्ठापनाचार्य श्री श्री श्री त्रिदण्डी चिन्न श्रीमन्नारायण रामानुज जीयर श्वामिजी त्यसतै श्री श्री श्री शठकोष रामानुज जीयर श्वामीजी , वाल्मीकिस्वरूप सन्तशिरोमणि स्वामी अयोध्या धाम , सर्वशास्त्रविशारद धर्मरत्न साधुभुषण श्रीजगन्नाथाचार्य श्वामीजी श्रीधाम , वृन्दावन लगायत स्वामी जी हरू पाल्नुहुने गोविन्द स्वामी ले जानकारी दिनुभएको छ भने स्वामी संकराचार्य तथा बागेश्वरधाम का स्वामी समेत आउन सक्ने पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको थियो ।

२३ दिनसम्म सञ्चालन गरिने धार्मिक अनुष्ठानमा श्वामीजी हरूका लागि बस्ने उचित व्यवस्थापन ,खाद्यान्न अनुष्ठानमा पाल्नुहुने हजारौं भक्तजनहरूलाई भक्ति अनुष्ठामा बस्ने पन्डाल , लगायत बिबिध खर्चका लागि अनुमानित ३ करोड खर्च लाग्न सक्ने श्रीनिवास दिव्यधामका अध्यक्ष बिस्वनाथ बिष्टले जानकारी दिनुभयो ।

वृहत धार्मिक अनुष्ठान कार्यक्रम गर्ने भनेर योजना गरिएको छ यद्यपि अहिले हामी आर्थिकरूपमा शून्य को अवस्थामा छौ अध्यक्ष बिष्टले बताउनुभयो ।

करिब एकदशकअघि स्थापना भएको श्रीनिवास दिव्यधाममा २०७४ सालमा ५१ दिनसम्म यसरी नै धार्मिक अनुष्ठानको आयोजना गरिएको थियो ।

श्रीनिवास दिव्यधामले संकल्प गरेको योजना पूरा भएमा पुनर्वास नगरपालिका देशमै धार्मिक पर्यटनको रूपमा चिनिने बौद्धिक बर्गहरू बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply