रासस सुदूरपश्चिम कार्यालय प्रमुख भट्टलाई ‘वासु रिमाल–यात्री’ स्मृति पुरस्कार

फागुन ७
धनगढी – राष्ट्रिय समाचार समिति (रासस) सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख सिद्धराज भट्ट लाई विसं २०८२ को वासु रिमाल ‘यात्री’ स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ।

६५ औँ रासस वार्षिकाेत्सवको अवसरमा भट्टसँगै कोशी प्रदेश कार्यालय, विराटनगरमा कार्यरत कार्यालय सहयोगी रञ्जित गौरीका लाई पनि यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको छ।

भट्टले विसं २०५२ वैशाखदेखि राससमा सेवा दिँदै आएका छन् भने रञ्जित विसं २०७१ जेठदेखि राससमा कार्यरत छन्। प्रत्येक पुरस्कार विजेतालाई रु ७,७७७ को नगदसहित सम्मानपत्र प्रदान गरिएको छ।

राससका अधिकारीहरूका अनुसार, यो पुरस्कारले पत्रकारितामा निरन्तर योगदान र पत्रकारितामा निष्ठा देखाएका पेशेवरलाई सम्मान गर्ने उद्देश्य राख्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply