धनगढी–८ मा मतदान उत्साह, शान्तिपूर्ण वातावरण कायम

हेमा भट्ट, फागुन २१
धनगढी — कैलाली क्षेत्र नं. ५ अन्तर्गत धनगढी उपमहानगरपालिका–८ मा रहेको धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा जारी छ। बिहानदेखि मतदाताहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

कुल ४३०५ दर्ता मतदातामध्ये दिउँसो ४ बजेसम्म २७३० जनाले मतदान गरिसकेका छन्, जसमा महिला १३८१ र पुरुष १३४९ रहेका छन्। मतदान केन्द्रका अधिकारीका अनुसार प्रक्रिया सहज, सुरक्षित र व्यवस्थित रूपमा भइरहेको छ र हालसम्म कुनै अवरोध आएको छैन।

स्थानीय बासिन्दाहरू बिहानैदेखि मतदान केन्द्रमा उपस्थित भई उत्साहपूर्वक मतदान गरिरहेका छन्। समग्रमा केन्द्रमा शान्त, अनुशासित र सकारात्मक वातावरण कायम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply