धनगढीमा सफल मार्टको सातौँ शाखा सञ्चालन, सुपथ मूल्यमा गुणस्तरीय सामान र निःशुल्क डेलिभरीको सुविधा

हेमा भट्ट, कार्तिक १६,
धनगढी – सानो व्यवसायबाट व्यावसायिक यात्रा सुरु गरी देशभर आफ्नो उपस्थिति विस्तार गर्न सफल सफल मार्ट प्रा.लि.ले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढी उपमहानगरपालिका-३, चौराहा पृथ्वीनारायण चोकमा आफ्नो सातौँ शाखा सञ्चालनमा ल्याएको छ। उपभोक्तालाई एकै ठाउँबाट गुणस्तरीय खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित मार्टको आइतबार शुभारम्भ गरिएको हो।
कार्यक्रमको सभापतित्व सफल मार्टका सञ्चालक लक्ष्मण भण्डारीले गरेका थिए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज कुँवर प्रमुख अतिथि, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा विशिष्ट अतिथि तथा सुदूरपश्चिम नेपाली समाजका अध्यक्ष धर्मराज पाण्डे, धनगढी उपमहानगरपालिका-३ का वडाध्यक्ष राजबहादुर ऐर, समाजसेवी लोकराज विष्टलगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो।

कार्यक्रममा सफल मार्टका अध्यक्ष लक्ष्मण भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै आफ्नो व्यावसायिक यात्राबारे जानकारी गराए। उनले सानो स्तरबाट सुरु गरेको व्यवसायलाई निरन्तर मेहनत, लगनशीलता र ग्राहकको विश्वासका आधारमा विस्तार गर्दै सातौँ शाखासम्म पुर्‍याउन सफल भएको बताए।

भण्डारीले धनगढीमा सञ्चालनमा आएको नयाँ शाखाबाट होटल, रेस्टुरेन्ट, क्याफे, संघसंस्था तथा घरायसी उपभोक्तालाई आवश्यक पर्ने विभिन्न प्रकारका खाद्यान्न र दैनिक उपभोग्य सामग्री सहज रूपमा उपलब्ध गराइने जानकारी दिए। ग्राहकको आवश्यकता र सुविधालाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिने उल्लेख गर्दै उनले मार्ट हप्ताको सातै दिन बिहान ६ बजेदेखि राति १० बजेसम्म खुला रहने बताए।

कार्यक्रमका विशिष्ट अतिथि कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाले स्थानीय क्षेत्रमा व्यवस्थित व्यापारिक सेवा विस्तार हुनु उपभोक्ता र व्यवसाय दुवैका लागि सकारात्मक भएको बताए। गुणस्तरीय सामग्री, उचित मूल्य, पारदर्शी कारोबार र ग्राहकप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले नयाँ शाखाको सफलताको शुभकामना व्यक्त गरे।

त्यसैगरी, प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज कुँवरले व्यवसाय विस्तारसँगै उपभोक्तालाई सहज, विश्वसनीय र गुणस्तरीय सेवा उपलब्ध गराउनु महत्त्वपूर्ण हुने बताए। व्यापारिक संस्थाले ग्राहकको विश्वास कायम राख्दै व्यावसायिक अनुशासन, पारदर्शिता र सेवाको गुणस्तरमा ध्यान दिनुपर्ने धारणा राख्दै उनले सफल मार्टको नयाँ शाखाले धनगढीको व्यापारिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रमुख अतिथि कुँवर र विशिष्ट अतिथि ओझाले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन तथा रिबन काटेर मार्टको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटनपछि अतिथिहरूले मार्टका विभिन्न कक्ष तथा उपलब्ध सामग्रीको अवलोकन गर्दै सेवा व्यवस्थापनबारे जानकारी लिएका थिए।

सफल मार्टले होटल, रेस्टुरेन्ट, क्याफे, संघसंस्था तथा घरायसी प्रयोजनका लागि आवश्यक विभिन्न प्रकारका गुणस्तरीय सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने जनाएको छ। मार्टले ग्राहकको सहजता र सुविधालाई ध्यानमा राख्दै विभिन्न विशेष सेवा पनि अघि सारेको छ।

होटल, रेस्टुरेन्ट, क्याफे तथा संघसंस्थालाई निःशुल्क डेलिभरीको सुविधा उपलब्ध गराइनेछ। त्यस्ता व्यावसायिक ग्राहकलाई प्रत्येक महिनाको पहिलो साताभित्र मूल्यसूची उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसले नियमित रूपमा सामग्री खरिद गर्ने व्यवसायलाई आवश्यक योजना बनाउन सहज हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, धनगढी उपमहानगरपालिकाभित्रका उपभोक्ताले पाँच हजार रुपैयाँ बराबरको खरिद गर्दा घरमै निःशुल्क डेलिभरी सेवा पाउनेछन्। मार्टले प्रत्येक सामानको शतप्रतिशत बिल जारी गर्ने व्यवस्था पनि गरेको छ। यसले कारोबारमा पारदर्शिता कायम गर्न र उपभोक्तालाई खरिदको आधिकारिक प्रमाण उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

हप्ताको सातै दिन बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने भएकाले उपभोक्ताले आफ्नो अनुकूल समयमा आवश्यक सामग्री खरिद गर्न सक्नेछन्।

सानो व्यवसायबाट सुरु भएको सफल मार्ट सातौँ शाखासम्म विस्तार हुनु व्यवसायको निरन्तरता, मेहनत र ग्राहकको विश्वाससँग जोडिएको विषय हो। नयाँ शाखाको सञ्चालनसँगै धनगढी क्षेत्रका उपभोक्ता, होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानले दैनिक आवश्यक सामग्री खरिद गर्न थप सहजता पाउने अपेक्षा गरिएको छ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि पुष्करराज कुँवरले उपस्थित अतिथि, व्यवसायी, समाजसेवी तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका थिए।

धनगढी उपमहानगरपालिका-३, चौराहा पृथ्वीनारायण चोकमा रहेको सफल मार्टमा पुगेर ग्राहकले विभिन्न प्रकारका खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न सक्नेछन्। थप जानकारीका लागि मार्टका अध्यक्ष लक्ष्मण भण्डारीलाई ९८५१४००१०७ मा सम्पर्क गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *