मङ्सिर १७ मा ३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

मङ्सिर १२ । अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान, समानता र समावेशी सहभागिताको महत्त्व उजागर गर्दै आगामी मङ्सिर १७ गते बिहीबार ३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइने भएको छ।

अन्तर्राष्ट्रिय दिवसका रूपमा हरेक वर्ष डिसेम्बर ३ मा मनाइने यो दिवस यस वर्ष सन् २०२६ डिसेम्बर ३ अर्थात् २०८३ मङ्सिर १७ गते परेको छ।

यस वर्षका लागि अन्तर्राष्ट्रिय नारा ‘२० वर्षे सिआरपिडी : प्रगतिको खोजाइ, समुन्नत भविष्यको रोजाइ’ तय गरिएको छ। त्यस्तै, नेपालका लागि राष्ट्रिय नारा ‘अपाङ्गता समावेशी, पहुँचयुक्त र समतामूलक नेपाल निर्माणको आधार : महासन्धि कार्यान्वयनमा सामूहिक प्रयास यसको पूर्वाधार’ निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय नाराले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सिआरपिडी) कार्यान्वयनका क्रममा हासिल भएका उपलब्धिलाई संस्थागत गर्दै अधिकार, पहुँच र समानताका क्षेत्रमा थप प्रगति गर्नुपर्ने सन्देश दिएको छ।

त्यसैगरी, राष्ट्रिय नाराले अपाङ्गता समावेशी, पहुँचयुक्त र समतामूलक नेपाल निर्माणका लागि महासन्धिको प्रभावकारी कार्यान्वयनसँगै सरकार, सम्बन्धित निकाय र सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको विषयलाई जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *