जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या भएको ठाउँको स्थलगत निरीक्षण

जापान । जापानको राष्ट्रिय जनसुरक्षा आयोगका अध्यक्षले पूर्वप्रधानमन्त्री आबे सिन्जोको गोली हानी हत्या भएको ठाउँको स्थलगत निरीक्षण गरेका छन् । निनोयु सातोशीले आइतबार पश्चिमी जापानको नारा सहरको भ्रमण गरेका थिए । उनले घटनास्थलमा एक क्षण मौन धारणा गरेका थिए ।

उनलाई नारा प्रिफेक्चरल पुलिस अधिकारीहरूले घटनाको समयमा आबेको सुरक्षा व्यवस्थाको विवरण सहित जानकारी दिए । जुलाई ८ मा चुनावी प्रचारका लागि भाषण दिने क्रममा आबेलाई पछाडिबाट गोली हानेको थियो । प्रहरीले ४१ वर्षीय अभियुक्त्त यामागामी तेचुयामाथि हत्याको बारेमा अनुसन्धान गरिरहेको छ र आक्रमणको प्रतिक्रियाको समीक्षा गर्दैछ ।

राष्ट्रिय पुलिस एजेन्सीले आबेको सुरक्षामा समस्याहरूको जाँच गर्दा उच्च पदस्थ अधिकारीहरुको लागि सुरक्षा उपायहरू परिमार्जन गर्न कार्यदल गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply