सरस्वती सुनार
कञ्चनपुर :- सोमबार कृष्णपुर नगरपालिका वडा नम्बर–८ को रैकवार बिचवामा रहेको नव निर्मित प्रहरी चौकी भवन उदघाटन गर्दै प्रमुखअतिथि नगर प्रमुख हेमराज ओझाले आबश्यक दरबन्दी अनुसार प्रहरी नहुदा धेरै नागरिकलाई थोरै जनशक्तिबाट सुरक्षा दिनु परेको बताए । पानी चुइने छाना मुनी जीर्ण भवनहरुमा बसेको प्रहरी अब बलियो घरमा प्रहरी बसेकाले शान्ति सुरक्षा कायम गर्न अझ बढि प्रतिबद्ध हुने ओझाले बताए । ओझाले कानुनी राज्यको अनुरुप जनताको मौलिक हक, नागरिक स्वतन्त्रता, मानब अधिकारको संरक्षण गर्दै आफुलाई हरेक अबस्थामा स्वच्छ र शसत्त प्रहरीको रुपमा प्रस्तुत भइदिन समेत आग्रह गरे ।
प्रहरीका युनिट अनुसारको दरबन्दी नभएको र सरकार समृद्धि तर्फ जाँदै गर्दा सबै पुरा हुदै जाने कञ्चनपुर । प्रहरी नायव महानिरिक्षक चौधरीले बताए । साथै दरबन्दी अनुसार प्रहरी नहुदा पनि शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेकाले अधिकारी कानुन हातमा लिएर अपराधीक तत्व गर्नेलाई प्रहरीले नछोडने बताए । नागरिकलाई शान्ति सुरक्षा दिने सवालमो नागरिकले अनुभूति गर्ने गरि त्यस ढंगबाट काम गर्न निर्देशन दिए । कार्यक्रममा शुभकामना संदेश दिदै कृष्णपुर नगरपालिका वडा नम्बर ८का अध्यक्ष दिनेश खड्काले भाडाको घरबाट कठिन अबस्थामा पनि प्रहरीले सेवा दिँदै आएकाले नवनिर्मित भवनबाट सहज हुने बताए । उनले त्यस स्थानमा नागरिलाई सुरक्षा दिन प्रहरी अति आबश्यक रहेकाले त्यसको महसुश अनुसार यहाँका जनताले नै बस्नको निम्ति सहयोग गरेको बताए । प्रहरी चौकी भवन सहित सुरक्षा निकायको उपस्थिति हुनुले नागरिकलाई सुरक्षा अनुभूतिमा थप टेवा मिलेको बताए । नागरिकले आफ्ना समस्याहरु प्रहरी समक्ष राख्ने र शान्ति सुरक्षा मजवुत बनाउनको लागि वडाबाट गर्ने आर्थिक सहयोग सहयोग गर्ने बताए । नवनिर्मित भवन कृष्णपुर नगरपालिकाको २५ लाख रुपैयाँ लागतमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक श्याम सिंह चौधरीले बताए । नव निर्मित भवन बनेसँगै स्थानीयले अबढुक्कसँग बस्न र शान्ति सुरक्षाको महसुस गर्न पाउनेमा खुसी व्यक्त गरेका छन् । प्रहरी पनि बलियो घरमा बसेकाले स्थानीयले पनि शान्ति सुरक्षाको बलियो महसुस गरेको स्थानीयको भनाई छ । नव निर्मित भवनको उद्घाटनमा भब्य र सभ्य रहेको थियो ।
जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधी र स्थानीयको सहभागिता थियो । जिल्लामा प्रहरी कार्यालयसँगै क वर्ग ५ वटा इलाका प्रहरी कार्यालय, ख वर्गमा ५ वटा प्रहरी चौकी, १३ वटा र ९ प्रहरी चौकी ६ वटा भाडामा रहेको चौधरीले बताए । कार्यक्रकाे संचालन झलारी ईलाका प्रमुख ज्ञानेन्द्र सिंहले गरेको कार्यक्रकाे अध्यक्षता वडा अध्यक्ष दिनेश खड्का, विशिष्ट अतिथि द्राेपती राना, प्रहरी प्रमुख श्याम चौधरी, वडा न ७ का अध्यक्ष घुम्न राना, वडा नम्बर ९ का अध्यक्ष कैलाश बलायर, स्थानिय बुद्धिजिवी, भद्र भलादमी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । कृष्णपुर ९ का अध्यक्ष कैलाश बलायरकाे पहलमा राजघाट माेहना पुल, बाटोघाटो सम्बन्धि पाङ्ग्रे बजारमा थप अस्थायी प्रहरी बिट तुरुन्तै पहल गर्ने नगर प्रमुख ओझाले बताए ।