भारतीय कांग्रेसका नेता राहुल गान्धीसहित १७ जना पक्राउ

काठमाडौं । भारतको प्रमुख प्रतिपक्ष दल भारतीय कांग्रेसका नेता राहुल गान्धीसहित १७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा राहुलकी आमा सोनिया गान्धीलाई भारतको प्रवर्तन निर्देशनालयले आज दोस्रो दिनको सोधपुछ जारी राखेको छ ।

उक्त मामिलाको विरोध गर्दै राहुलसहित भारतीय कांग्रेसका नेताहरू प्रदर्शनमा रहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पक्राउ पर्नु पूर्व राहुलले भारत हाल सैन्य नियन्त्रणमा भएको राष्ट्रको जस्तै रूपमा देखा परेको र नरेन्द्र मोदीले राजा जस्तो एकलौटी ढगंमा शासन गरिरहेको आरोप लगाएका थिए ।

राहुलको गिरफ्तारीलाई भारतीय कांग्रेसले आवाज दबाउने दुष्प्रयासको रूपमा व्याख्या गरेको छ ।

पक्राउ पर्नेमा राहुलबाहेक कांग्रेस नेता मल्लिकार्जुन खर्गे, केसी वेणुगोपाल, शक्तिसिंह गोहिललगायतका नेताहरू पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply