सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले अतिथि सत्कारको सेवा सुधार नगरेसम्म प्रदेशको पर्यटन तथा होटल व्यवसाय फस्टाउन नसक्ने बताउनुभएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को आठौँ साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा उहाँले छिमेकी मुलुक भारत तथा अन्य देशबाट घुम्न आउने पर्यटकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने बताउनुभयो । मन्त्री रावलले होटल व्यवसायी तथा अन्य नागरिकले पनि शिष्ट भएर विदेशी पर्यटक जस्तोसुकै अवस्थामा आए पनि स्वागत, सत्कार सभ्य ढङ्गले गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन तथा होटल व्यवसाय फस्टाओस् भन्ने हो भने यी कुारामा विशेष ध्यान दिन जरुरी छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1