प्रिमियर लिगमा सर्वाधिक रेड कार्ड पाउने खेलाडीहरु

काठमाडौं । प्रिमियर लिगको युग सन् १९९२ अगस्ट १९ देखि सरु भएको हो । सुरुवाती खेलमै साउथह्याम्टनका मिकी एडम्स र म्यान्चेस्टर सिटीका निएल क्विनलाई रेफ्रिहरु रेय बिगर र स्टेफेन लजले क्रमशः रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाएका थिए । उनीहरु अहिलेसम्म प्रिमियर लिगमा १७ सयभन्दा बढी रातो कार्ड पाउने खेलाडी थिए । यस्तै माइक डिनलले तीमध्ये १ सय १४ कार्ड पाएका छन् ।

तर जब रेफ्रिहरुले गर्व र कर्तव्यको भावनाका साथ रातो कार्ड दिन्छन् त्यो खेलाडीहरुका लागि लाजको विषय हुन्छ । रेड कार्ड पाएपछि उनीहरुले एकभन्दा बढी मुख्य खेलहरुबाट बाहिरिनुपर्छ त्यो झनै दुखद् हुने गर्छ । कतिपय खेलाडीहरुले रेफ्रीको निर्णयमाथि विवाद पनि गर्नेगर्छन तर रेफ्रीको निर्णयको अगाडि उनीहरुको विवाद फजुल हुनेगर्छ ।

तर, प्रिमियर लिगको इतिहासमा सबैभन्दा बढी रेड कार्ड पाएका खेलाडी को हुन् ? प्रिमियर लिगका बदमास खेलाडीहरु को हुन्?

१.प्याट्रिक भिएरा

रेफ्री स्टेफेन लज सन् १९९८सम्म पनि कार्यरत थिए । प्याट्रिक भिएरालाई आठमध्ये पहिलो रातो कार्ड दिने पनि उनै थिए । भिएरा निसन्देह अंग्रेजि शिर्ष लिगका उत्कृष्ट मिडफिल्डरमध्ये एक हुन् । आर्सनलमा एक दशक बिताएका भिएराले त्यसबेला आफुलाई एक उत्कृष्ट मिडफिल्डरको रुपमा स्थापित गराएका थिए । भिएरा यत्ति उग्रताका साथ खेल्थेकी जो कोहिले पनि उनको गल्ति ठम्याउन सक्थे । भिएरालाई शताव्दिका उत्कृष्ट रेफ्रीहरु सयूरिय रेन्नी, माइक रिड, ग्राहम पोल, स्टेभ बेन्नेटले रेडकार्ड देखाउँदै मैदान बाहिर पठाएका छन् । एन्डी डी‘युर्सले दुईपटक भिएरालाई रातो कार्ड देखाएका छन् । ठूलो खेल मानसिकताले भिएराले महत्वपूर्ण खेलहरुमा सबैभन्दा धेरै रातो कार्डहरु संकलन गरेका छन् । जस्तै, २००२ मा आर्सनल र लिभरपुल बीचको सोमबार रातीको खेल जसमा पलले भिएरा, ग्यारी म्याकअलिस्टिर र डाइटमार हामनलाई रातोकार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । वास्तवमा सन् २००० को सुरुवात तिर अंग्रजी फुटबलमा रातोकार्ड युगको‘एपोथियोसिस्’ थियो । मैदानमा भिएराभन्दा कमै मात्र बहादुर खेलाडीहरु थिए त्यसैलै उनीसँग बहादुरीको प्रमाणका रुपमा रातोकार्डको गणना छन् ।

२. डंकन फग्युसन

प्रिमियर लिगमा सबैभन्दा धेरै रातो कार्ड पाउने तीन मध्ये एक खेलाडीको नाम भन्नु पर्दा केहि नसोची फग्युसनको नाम लिँदा फरक पर्दैन । चोटले धेरै समस्या दिएपनि पूर्व एभर्टन र न्युक्यासलका खेलाडी फग्युसनले करिव ११वर्ष प्रिमियर लिगमा बिताउँदा आठ वटा रेड कार्ड पाएका छन् ।

३. रिचार्ड ड्युन

वेन रोन्नी, सिस फार्वगास र डिडिएर ड्रोग्बा जस्ता खेलाडीसँगै सन् २००९–१० को प्रिमियर लिग ‘टिम अफ दी इअर’मा स्थान बनाएपनि ड्युन ‘अन्डररेटेड’ खेलाडीमा पर्छन् । उनी खेल करियरमा रेर्ड कार्ड पाउने र आत्मागाति गोलका लागि परिचित छन् । जुन उनको दुर्भाग्य हो । ड्युनले आफ्नो प्रिमियर लिग अरिअरमा ८ रेडकार्ड र १० आत्माघाती गोल गरेका छन् ।

४. लि क्यार्टमोल

क्यार्टमोल अनुशासनको समस्याबाट अछुतो थिएनन् । क्यार्टमोल र आक्रमकता सँगसँगै आउने गर्छन उनले प्रमियर लिग करियरमा कुल २ सय ७१ खेल खेलेका छन् । जसमा ८८ एल्लो कार्ड र सात रेड कार्ड प्राप्त गरेका छन् । क्यार्टमोलले इङल्यान्डको मिडिल्सवर्ग क्लबबाट आफ्नो खेल जिवन सुरु गरेका थिए । अन्र्तराष्ट्रिय स्तरमा इङल्यान्ड यू–२१ टिमको प्रतिनिधित्व गरेका छन् ।

५. एलन स्मिथ

शताब्दीकाे अन्त्य तिर लिड्स युनाइटेडमा अनुबन्द्ध हुँदा स्मिथ गोरो, ताजा अनुहार भएको स्ट्राइकर देखिन्थे । प्रिमियर लिग करियरमा जब उनी अघि बढ्दै गए उनको अनुहार र कपाल त उस्तै रहयो तर फुटबलरको रुपमा भुमिका फरक भयो । उनी स्ट्राइकरको रुपमा क्लबमा भित्रिए पनि गोल स्कोर गर्न नसकेपछि उनी मिडफिल्डर पोजिसनमा खेल्न थालेका थिए । जनवरी २००१ र डिसेम्बर २००४ बीचको अवधिमा प्रिमियर लिगमा सबैभन्दा धेरै पाँच रेड कार्ड पाउने खेलाडी हुन् स्मिथ । उनले लिड्स बाट खेल्दा पाँच, म्यान्चेस्टर युनाइटेड र न्युक्यासलबाट समान एक–एक गरि कुल सात वटा रेड कार्ड पाएका छन् । दुखको कुरा स्मिथको करियर राम्रो भइरहेका बेला सन् २००६ मा एफए कप अन्र्तगत लिभरपुलविरुद्धको खेलमा जोन एर्न राइसलाई रोक्दा उनको खुट्टा भाँचियो । उक्त चोटबाट उनी वास्तवमै निको हुन सकेनन् । जसको असर स्मिथलाई आजसम्म परिरहेको छ ।

६. भिन्नी जोन्स

भिन्नी जोन्स एकै सिजनमा तीन वटा रेड कार्ड पाउने पहिलो खेलाडी हुन् । जोन्सको फुटबल करियर शिर्ष डिभिजनको युगको अन्त्य र प्रिमियर लिग युगको सुरुवातसम्म चलेको थियो । उनले प्रिमियर लिगमा २०० भन्दा बढी खेल खेल्दा सातभन्दा बढी रातो कार्ड पाएका थिए ।

७. रोय कियन

प्रिमियर लिगमा सात रेड कार्ड पाउने चौथो खेलाडी हुन् रोय कियन । सात मध्य दुई रेड कार्ड उनले न्युक्यासलविरुद्धको खेलमा पाएका थिए । न्युक्यासलमा एलन सियरर्सँगको उनको प्रतिद्वन्द हिँसाका रुपमा फैलिएको थियो । कियन म्यान्चेस्टर युनाइटेडले ओल्ड ट्राफर्डमा पाएका १२ प्रतिशत रेडकार्डको जिम्मेवार छन् ।

यस्तै, निकी बट, जोन हार्टसन, एन्डी कोल, मार्टिन किवन, स्टेभेन जेरार्ड, ग्यारेथ बेयरि, निमान्जा भिडिक, जोय बार्टन, योनेस काबोउल, फ्रान्क क्यिुड्रयु, लुइस बोआ मोर्ते र जोन डेरिले समान पाँच वटा रेडकार्ड पाएका छन् ।

अहिलेका खेलाडीहरुमा जोन्जो सल्भीले पाँच रातोकार्ड पाएका छन् । अब रेडकार्डको युग बितिसकेको छ ।

प्रिमियर लिगका चार सिजन १९९९–२००० देखि २००५–२००६ को बीचमा ७० भन्दा बढी रेडकार्ड खेलाडीहरुले पाएका थिए । पछिल्ला ६ सिजनमा ५० भन्दा कम खेलाडीले मैदान छोड्नु परेको छ ।

आधुनिक खेलाडीहरु सामान्यतया रणनीति र रचनात्मक खेलमा ध्यान केन्द्रित गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply