मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटरब्याजीलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मिटरब्याजी विरुद्ध सङ्घर्ष समितिको आज ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले मिटरब्याजीहरू कानुनी दायरामा आउन नसक्दा विकृति बढेको बताउनुभयो ।
मिटरब्याजीबाट पीडित भएकाको समस्यालाई प्रदेश सरकारले गम्भीर रुपमा लिएको र मिटरब्याजीविरुद्ध कडा कदम चाल्ने बताउनुभयो । मिटरब्याज सरकारका लागि ठूलो चुनौती बन्दै गएको बताउनुहुँदै मुख्यमन्त्री राउतले यसलाई कानुनी रुपमा नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्ने उल्लेख गर्नुभयो । “मिटरब्याजबाट पीडित भएकाको समस्याप्रति हामी गम्भीर छौँ”, मुख्यमन्त्री राउतले भन्नुभयो, “प्रहरी प्रशासन प्रदेश सरकारको मातहत नहुँदा ठोस कदम चाल्न सकिएको छैन । तर अब चाँडै समस्या समाधान गर्छौँ, तपार्इंहरू ढुक्क हुनुस् ।” सङ्घर्ष समितिका संयोजक मनोजकुमार पासमान नेतृत्वमा मुख्यमन्त्री निवास पुगेका पीडितहरूले मुख्यमन्त्री राउतलाई विभिन्न सातबुँदे ज्ञापनपत्र बुझाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1