काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्।
चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा बिचौलियालाई करका दर हेरफेर गर्न संलग्न गराएको आरोप लागेर छानबिन समिति बनेपछि उनले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। समितले शर्मालाई सफाइ दिएपछि पुन: अर्थमन्त्रीमा नियुक्त भएका हुन्।
जनार्दनलाई नै अर्थमा दोहोर्याउने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आइतबार नै भेटवार्ता गरेका थिए।
२५ दिनपछि अर्थमै फर्काइएका शर्मालाई आइतबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ दिलाउने तयारी गरीएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1