जनार्दनको कल डिटेल हेर्न नदिइएकोमा ओलीको आक्रोश

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकिरसमेत गरे।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नै गायक गरिएको दाबीसमेत गरे।

अध्यक्ष ओलीले भने, ‘अहिले सिसिटिभी राख्दा त फुटेज गायब। आजकालको जमानामा कल डिटेल हुन्छ। तर, हेर्न नपाइने । ऊ बेला चोरी पत्ता लगाउनु पर्यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो।’

संसदीय छानबिन समितिले दोषी प्रमाणित नगरेपछि जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply