कुलोमा डुबेर बालकको मृत्यु

कैलालीको टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ । एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो । नुहाउने क्रममा डुबेर बेहोस भएका परियारलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । –––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply