कृषि व्यवसायी बाट मासिक साठी हजार आम्दानी

बबिता भट्ट

बैतडी :- यहाँ  एक युवकले तरकारी बेचेर मनग्य आमदानी गर्नुभएकाे छ। बैतडीको मेलौली नगरपालिका -२ सेलीका व्यवसायी पदम राज भट्टले अहिले मासिक रु  ६० हजार सम्म बिक्रीवितरण बाट सम्पूर्ण खर्च कटाएर आम्दानी गर्दै आएको जानकारी दिनुभयो । करिब दुई लाख लगानीमा पाँच वर्षदेखि शुरु गरेको तरकारी, कुखुरा र बाख्रा पालन व्यवसायबाट उनि मनग्य आम्दानी गर्न सफल छन । उनले बाख्रा,कुखुरा पालनसँगै तरकारी खेतीका लागि टनेल (प्लाष्टिक घर) निर्माण गरी विभिन्न थरीका तरकारी उत्पादन र बिक्री गर्दै आइरहेका छन । जय भगवती कृषी तथा पशुपालन फार्म दर्ता गरी सञ्चालन गरेको व्यवसाय सञ्चालन  भट्टले बताए ।

अहिले टनेलभ टमाटर,भान्टा,तितेकेला

,खुर्सानी,बन्दा,काउली,लौका सिमी गोलभेँडा लगायतका अर्गानिक तरकारी लगाएका छन्। फलाएको धेरैजसो तरकारी गाउँमा पनि बिक्री हुने गरेको र बढी भएको र सिजनमा फलेको बेलामा स्थानिय बजार पाटन ,मेलौली,सलेना, सम्म लगेर बिक्री गर्ने गरेको उनले बताए । ‘तरकारीको बजारमा माग उच्च छ, ताजा तरकारी लिन साहु घरमै आइपुग्छन’ भट्टले भने, ‘आफ्नो खेतमा उत्पादन भएको तरकारी संकलन गरेर साहुलाई एकमुष्ट दिने गरेको छु ।’ तरकारी ठूलो परिणाममा लगाउँदा अचम्म मान्ने गाउँमा किसान तरकारी खेती गर्न  लहर चलेको छ ।

अहिले गाउँमा अन्य किसान पनि तरकारी खेतीमा जुटेका छन । यसरी गरेको व्यवसायले राम्रै आम्दानी पाइरहेकाले आफू सन्तुष्ट रहेको भट्टको भनाइ छ । थोरै क्षेत्रफलमा पनि मौसमी तथा बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिने भएपछि भट्ट दम्पती तरकारी खेतीमा लागेका हुन । भट्ट दम्पतीले तरकारी बेचेकै भरमा छोरीलाई उच्च शिक्षा पढाई रहेका छन । ‘छोरीको पढाइ राम्रै छ’, धना भट्ट भन्छिन ‘तरकारी बेचेर छोरा पढाएका छौं, जति पढ्छन पढाउने सोचमा छौं ।’ छोराको पढाई देखेर आफूले दुःख भुलाउने गरेको उनी सुनाउछिन ‘तरकारी खेती गर्न थालेको ५ वर्ष पुगेछ ।’

तरकारी खेती संगै अहिले पोल्र्टी फर्ममा लोकल कुखुरा , ब्राईलर लगायतका अन्य जातीका कुखुरा र पन्छी पाल्दै आएका उनलेे बताए । स्थानीय , बोयर र उन्नत जातका बाख्रा पाल्दैै आएका उनले पैसा कमाउनकै लागि विदेश जानु नपर्ने बताए । स्थानीय जातको भन्दा बोयर जातका बाख्राबाट राम्रो आम्दानी हुँदै आइरहेको उनको भनाइ छ । ‘बाख्रापालनबाट राम्रो आम्दानी हुँदोरहेछ,’ उनले भने, ‘गाउँघरमै उद्यम गर्दा परिवारसँगै बस्न पाइएको छ ।’ गाउँमा स्थानीय जातका कुखराु, बाख्रापालन र १४ रोपनी क्षेत्रफल रहेको धान फल्ने खेतमा तरकारी खेती बताए । पदमले करिब ६ रोपनी जमिनमा घाँसखेती समेत गर्नुभएको छ । ‘पैसा कमाउन विदेश जान पर्छ भन्ने छैन,’ ३७ वर्षीय भट्टले भने, ‘कृषि र पशुपालनमा लगानी गर्ने हो भने गाउँमै आर्थिक आर्जन गर्न सकिने जानकारी दिए । कृषक भट्टले कृषि फार्ममा उत्पादन भएको दूध बजारसम्म पु¥याउन सहज हुने बताए। साथै तरकारी  बजारमा पठाउने गरेको तर पनि बजारको मागअनुसार पु¥याउन नसकिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले कृषि फार्ममा ,रातदिन ध्यान दिएको

बिक्रीबाट राम्रो आम्दानी भइरहेकाले कृषि पेशाबाट आफू पूर्ण सन्तुष्ट रहेको भट्टको भनाइ छ । युवाशक्ति सबै विदेश जाने क्रम चलिरहेका बेला उहाँ भने यस क्षेत्रका युवाका बीच गतिलो उदाहरण बन्नुभएको छ ।

पढेलेखेका युवालाई जागिर नपाएर वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै देशको भूमिमा रहेर कृषि क्षेत्रमा लाग्न उहाँको सुझाव छ । कृषिमा तरकारी खेती पशुपालन मात्र नभई व्यावसायिक फलफूल खेती, मत्स्यपालन, पोल्ट्री फार्म तथा कृषिसम्बन्धी अन्य विभिन्न क्षेत्रमा राम्रो सम्भावना रहेकाले आफूले गर्नसक्ने कुनै पनि एउटा व्यवसाय छनोट गरी त्यससम्बन्धी तालिम लिइ दक्षता हासिल गरेर अगाडि बढ्न उहाँले युवालाई सुझाव दिएका छन् । कृषि व्यवसाय सञ्चालन गर्न सरकारले किसानलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन समेत अनुरोध गरे । बेलाबेलामा अनुदान  ऋणको ब्याजमा समेत सहुलियत दिनुपर्ने  कृषि पेशा अरु पेशाभन्दा सुरक्षित रहेको कृषक भट्टको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply