सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले सामाजिक सूचना व्यवस्थापन प्रणालीको सुभारम्भ गरेको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका एक कार्यक्रमका बीच उक्त प्रणालीको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा कुनै पनि सुचना पाउनका लागि वास्तविक तथ्यांक दिनुपर्ने सामाजिक विकास राज्यमन्त्री रैकाले बताए । ‘सत्य तथ्यांकले राज्यलाई नीति निर्माण गर्न र विभिन्न संघ संस्थाहरुलाई काम गर्न सहयोग पुग्छ’, उनले भने । ‘सुचना पाउने नागरिकको अधिकार भएको हुँदा सत्यतथ्य सुचना दिन आवश्यक छ ।’ गलत सुचनाले टुर्घटना निम्त्याउने उनको भनाई रहेको छ । एकीकृत सामाजिक सुचना व्यवस्थापन प्रणाली प्रदेश सरकारको सहयोग रहेको मन्त्री रैकाले बताए । कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव भरतराज शर्मा यो प्रणालीले स्थानीय तहमा हुने घटनाको अभिलेखीकरण गर्ने बताए । उनले मानव बेचबिखन, महिला हिंसा, लैंगिक हिंसा, वैदेशिक रोजगारका समस्या, श्रमशोषणलगायत अपराधिक घटनाहरु स्थानीय तहमा अभिलेखीकरण गर्न सक्ने बताए ।
कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका, गोदावारी नगरपालिका, जोशीपुर गाउँपालिका र कञ्चनपुरका भीमदत्त नगरपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिकामा एकीकृत सामाजिक सूचना व्यवस्थापन प्रणाली सुरु हुने छ । ।
कार्यक्रममा परियोजनाका रत्नकाजी श्रेष्ठ कानून र सरकारी शासनको व्यवस्थापन गर्न यो प्रणाली आवश्यक रहेको बताए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम कार्यालय प्रमुख मोहनदेव जोशी, जिल्ला प्रशासन कार्यालय कैलालीका अधिकृत शिवराज जोशी, गाउँपालिका महासंघ सुदूरपश्चिम कार्यालयका अधिकृत नवराज उपाध्याय लगायत सुझाव दिएका थिए ।