अमिन दहित
२३ साउन
कृष्णपुर नगरपालिका वडा नं ६ बसन्तपुर स्थित महाकाली माध्यमिक विद्यालयमा शैक्षिक स्तरउन्नती साथै प्राविधिक शिक्षालय स्थापनार्थ ज्ञान महायज्ञ लगाउने तयारी गरेको छ । भगवान शिवको विशेष रुपमा मानिने मंसिर महिनामा ज्ञान महायज्ञ आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ । महायज्ञ मंसिरदेखि सन्चालन हुनेछ ।
२०२९ सालमा प्रा।वि। को रुपमा स्थापना भई हालसम्म निकै स्तरउन्नती भएको उक्त विद्यालयले आगामी दिनमा उच्च शिक्षा समेत सन्चालन गर्ने तयारी स्वरुप महायज्ञ सन्चालन गर्न लागिएको विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष अमिन दहितले जानकारी दिए । महायज्ञ सन्चालनका लागि स्थानीयहरुको भेलाले १ सय २१ सदस्यीय मुल आयोजक समितीको गठन समेत गरिसकेको छ । जसको संयोजकमा कृष्णपुर नगरपालिका वडा नं ६ का समाजसेवी वीर बहादुर राजवंशी रहेका छन् । महाकाली माबिका संचालक नन्द राज जोशीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितीको समेत गठन गरेको छ। भेलाले महायज्ञको निर्देशकमा वीर बहादुर राजवंशी लगायत १२१ जनाको समिति चयन गरेको छ ।
भेलामा प्रमुख अतिथि भोज राज भट्टले धर्म संस्कृतीको संरक्षण र सम्वर्दनले सामाजिक सहअस्थित्व र धार्मिक सहिष्णुतालाई कायम राखि सम्मुनत राष्ट्र निर्माणमा सहयोग हुने भन्दै धर्म संस्कृतिको जगेर्ना गर्नुपर्ने वताएका थिए । राष्ट्र राष्ट्रियताको रक्षा र धर्म संस्कृतिको रक्षाका लागि नैतिक शिक्षाको अभाव भएकाले विद्यार्थीलाई नैतिक शिक्षा पढाउनुपर्ने वताएका थिए । विद्यालय व्यवस्थापन समितीको अध्यक्ष अमिन दहितको अध्यक्षतामा सम्पन्न भेलामा कृष्णपुर नगरपालिका वाड नं ६ का विभिन्न राजनीति दलका प्रतिनिधि, बुद्धिजीवी समाजसेवी लगायतले वोलेका थिए ।
विद्यालयका १५ जना शिक्षकलाई ल्यापटप सहित वितरण गरेका छन् । सोही बसन्तपुरमा रहेको श्री महाकाली माध्यमिक विद्यालयका १५ जना शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ ।विद्यालयको आन्तरिक स्रोतबाट आर्थिक वर्ष २०७८÷७९ मा विनियोजन भएको बजेटबाट शिक्षकलाई ल्यापटप प्रदान गरिएको हो । विनियोजित रकमबाट १५ शिक्षकलाई एक–एक थान ल्यापटप हस्तान्तरण गरिएको विद्यालयका प्रध्यानाध्यापक गणेश बहादुर कुवरले जानकारी दिनुभयो ।
सोमबार एक कार्यक्रमबीच महाकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिन दहितले शिक्षकलाई उक्त ल्यापटप हस्तान्तरण गर्नुभएको हो । प्रत्येक कक्षाकोठामा श्रव्य दृश्य माध्यमको प्रयोग गरी सबै शिक्षकलाई सोको तयारीका लागि आवश्यक प्रशिक्षण दिई आगामी छिटोभन्दा छिटो प्रविधिमैत्री शिक्षण सिकाइ सञ्चालन गरिने प्रधानाध्यापक गणेश बहादुर कुवरले बताउनुभयो । कार्यक्रमको संचालन नन्द राज जोशीले गरेका थिए ।