३९ बर्ष पछि सेती प्रादेशिक अस्पतालको स्तरोन्नति ।

सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ। आज बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषदे् बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा र राज्यमन्त्री  टेक बहादुर रैका ले जानकारी दिनुभयो ।

सेती अस्पताल नेपाल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी १२५ शय्यामा सञ्चालन भइरहेको थियो ‘सामाजिक विकास मन्त्री ज्यूले २ सय शय्यामा स्तरोन्नतिको प्रस्ताव मन्त्री ज्यू ले  मन्त्रिपरिषदमा लैजानु भयो र आजको बैठकले स्तरोन्नतिको प्रस्ताव पारित गरेको राज्यमन्त्री रैका ले भन्नभयो ।

प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि  सामाजिक विकास मन्त्रालयमा हामी अाई सके पछि स्तरोन्नतिको प्रक्रिया अगाडि बढाएका हौ  राज्यमन्त्री रैका ले भन्नुभयो । सेती प्रादेशिक अस्पताललाई ३९ बर्षपछि स्तरोन्नति गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply