किसानले तरकारी बजार पाएन

कञ्चनपुर :- कृष्णपुर ६ बालुवाफाँटा तरकारी किसानले आफूले उत्पादन गरेको तरकारी बिक्री नभएको गुनासो गरेका छन् । उत्पादित तरकारी बिक्री नहुँदा मर्कामा परेको उनीहरूको भनाइ छ । “तरकारी उत्पादन ग¥यो, बजारमा बिक्री नै हुँदैन,” बालुवाफाँटाका अगुवा कृषक काली प्रसाद चौधरीले  भने, “उत्पादित तरकारी दैनिक गाईलाई खुवाउने गरेको छ, किसानका समस्या बुझिदिने कोही भएनन् ।”बजारमा तरकारी महंगो छ, तर किसानको खेतवारीबाट लैजाने व्यापारीले प्रतिकेजी ५ रुपैयाँ भन्दापनि  सस्तोमा खोज्ने गरेका छन् । किसानको उत्पादन बजारमा पुग्दा दोब्बरभन्दा बढी मूल्य पुग्ने गरेको छ । “मूल्य निर्धारण र अनुगमन नगर्दा व्यापारीले जतिमा भन्यो त्यतिमै दिनुपर्ने बाध्यता छ,” अर्की अगुवा कृषक जनक चौधरीले  भने, “व्यापारीको मनपरीले गर्दा उत्पादित तरकारी बिक्री नै हुन सकेको छैन ।”स्थानीयस्तरमा उत्पादित तरकारी बजारमा पाइँदैन । बाहिरबाट आएको तरकारीले धनगढी, अत्तरियन बजा र महेन्द्रनगर  बजार ढाकेको छ । “व्यावसायिक कृषकहरू सबै निराश छन्,” वन्जरियाका अगुवा कृषक रामप्रसाद चौधरीले बताए । कालिप्रसाद र जनक मात्र  हैन जिल्लाका अधिकांश कृषकको गुनासो यस्तै छ ।सुदूरपश्चिमके सबैभन्दा बढी तरकारी उत्पादन हुने  गरेको कृष्णपुर ७ का प्रेम चौधरीले रैकवार खबर दैनिकलाई बताएका हुन् ।बालुवाफाँटा लहरे तरकारी बैगन चिचिन्डा,फर्सीफ, सागलगायतका तरकारी उत्पादन भइरहेको ..तर बजार नपाउँदा खेतमै कुहिन अवस्था रहेको  छ । बलुवाफाँटा र  बन्जरीयाका कृषक कृ्ण चौधरीले  बजारमा आयातित तरकारी बिक्री हुने गरेको तर स्थानीय किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply