धनगढी :- सुदूरपश्चिम को धनगढी, कैलाली बाट नियमित प्रकाशन गरि छोटो समयमा छुट्टै पहिचान बनाउन सफल हुदै आएको रैकवार खबर दैनिक , raikwarkhabar.com पत्रिकाले आज मिति २०७९-०५-०१गते चौथो वार्षिकी मनाएको छ । सुदूरपश्चिम प्रदेशको मात्रै नभई सिङ्गो देश नेपालकाे आर्थिक, कृषि, शैक्षिक, पर्यटकीय, सांस्कृतिक,महिला, बालबालिका, तथा जातीय विभेद लगायतका मुद्धाहरुमा केन्द्रीत भई छोटो समयमा पाठक वर्गको आर्कषण बन्दै निरन्तर प्रकाशन हुँदै आएको रैकवार खबर दैनिक ले आफ्नो ३ वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।
तिन वर्ष अघि भाद्र १ गते आजकै दिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर वाट विधिवत दर्ता भई नियमित प्रकाशन मा आएको रैकवार खबर दैनिकले छोटो समयमै पाठमवर्ग बिच लोकप्रिय हुँदै आएको शुभचिन्तक वर्गले टिप्पणी गरेका छन । वार्षिक कार्यक्रम बृहत ढङ्गबाट मनाउने योजना रहे छ । समय र परिस्थितिका अनुसार मनाउनु परेको रैकवार खबर राष्ट्रिय दैनिकका संचालक पदम सुनारले बताए । धनगढी उपमहानगरपालिका स्थित एल एन चोकमा रहेको आफ्नै कार्यालय मा विषेश व्यक्तित्वको साथ मनाउने तयारी रहेको रैकवार खबर दैनिक समिति का अध्यक्ष राेशनी ताम्राकारले जानकारी दिइन् ।
उक्त कार्यक्रममा सहभागी सम्पादक पदम सुनार, कार्यकारी सम्पादक गौमती कपाडी, तिलक ओझा, धनबहादुर बिक, स्वेता भट्ट,सुमन श्रेष्ठ, सरस्वती सुनार, मनाेज ताम्राकार बजार प्रतिनिधि लगायतको सहभागितामा वार्षिकोत्सव मनाईएको थियो । सो अवसरमा सम्पूर्ण टिमले पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी यात्रा अझै जनताहरुका साझा सवालमा केन्द्रीत भई निष्पक्ष स्वतन्त्र रुपमा आफ्नो कलम चलाउन सफल होस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
साथै सुदुरपश्चिमको मौलिक पर्व ओल्केको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।
❤️❤️❤️❤️