मजगाउँ तेक्वान्दो खेलाडीलाई ग्रेडिङको प्रमाणपत्र वितरण

कञ्चनपुर :- कृष्णपुर नगरपालिका मजगाउँ तेक्वान्दो कार्य समितिको आयोजनामा डान ग्रेडिङ कार्यक्रम शनिबार भएको छ । कृष्णपुर ८ मजगाउँ तेक्वान्दो कार्य समितिका अध्यक्ष जय सिंह विष्टको सभाध्यक्षतमा भएको कार्यक्रममा कञ्चनपुर जिल्ला तेक्वान्दो संघ जिल्ला अध्यक्ष ज्ञानेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्य विशिष्ट अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश खड्का, राजेन्द्र केसी, गाेविन्द थापा, माेहन प्रताप गुरुङ, अतिथि कृष्णपुर नगर तेक्वान्दो संघका अध्यक्ष तारा विष्ट,कृष्णपुर डाेजाङ प्रमुख लाेकेन्द्र चौधरी, नरेश खड्का वडा सदस्य फुलराम चौधरी, गिरिराज पाण्डे लगायत समितिको उपस्थिति रहेकोे थियोे ।

कार्यक्रममा प्रमुख अतिथि ज्ञानेन्द्र बहादुर शाहीले प्रथम, दोस्रो तथा डान ग्रेडिङ कार्यक्रममा सहभागी भएका सिनियर खेलाडीलाई हेरेर नै जुनियर खेलाडीहरु अघि बढने भएकोले आफ्नो खेल कर्ममा राम्रो गर्दै जान खेलाडीहरुलाई सुझाव दिनुभयो ।

सिनियर खेलाडी जुनियर खेलाडीहरुलाई प्रथम, दोस्रो तथा डान ग्रेडिङको प्रमाणपत्र १२ जनालाई वितरण गरिएको छ। जसमध्ये १. विकास चौधरी,२.पुर्णिामा भट्ट,३. हरिना राना, ४.राजुु ऐर,५.निरज राना, ६. भिम बहादुर धामी, ७. धिरज रा, ८. रवि खड्का, ९. सन्तोष बि. क, १०. लक्ष्मण धामी, ११. आशिष भण्डारी, १२. आशिष राना ले दिक्षांन समारोहबीच प्रमाणपत्र र परिचयपत्र अतिथि द्वारा वितरण गरेका थिए ।

कार्यक्रममा मजगाइ तेक्वान्दो समिति लगायतको उपस्थिति रहेको थियो । नेपालमा तेक्वान्दो मार्शल आर्ट खेलको अवस्थालाई हेर्दा नेपालमा तेक्वान्दो मार्शल आर्ट खेलकुदको प्रवेशसँगै यसले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा समेत चिनाउन सफल भएको छ । नेपालमा तेक्वान्दो खेलले देशव्यापी रुपमा युवाहरुलाई लठ्यायो पनि यही युवाहरुको भीडबाट उदाएका चर्चित हस्ती तथा हालसम्म नेपाललाई कोरियामा १९८८ मा भएको Olympic खेलमा तेस्रो पदक दिलाउने तेक्वान्दो खेलका उदयमान खेलाडी श्री विधान लामालाई मात्र नेपाल आमा र नेपाली सन्ततीहरुले चिन्दछन् भने, तेक्वान्दोकै अन्य Olympic खेलाडीहरु मानबहादुर तामाङ, नारायण गुरुङ, प्रमिला थापा, सीता राई, संगिना वैद्य, दीपक विष्टजस्ता तेक्वान्दोका हस्तीहरुले नेपाल देशको प्रतिनिधित्व गर्दै विभिन्न समयमा Olympic खेलमा भाग लिन सफल भए ।

नेपालमा अन्य स्थापित खेलहरुले Olympic खेलमा भाग लिएपनि पदक लिन सकेका छैनन् त्यसैले तेक्वान्दो खेलले मात्र लिन सकेको छ । नेपालमा तेक्वान्दोका पिता भनेर श्री दिपराज गुरुङलाई तेक्वान्दो खेलाडीले मात्र नभई सिङ्गो देश नेपालमा मात्र नभएर विश्वमै चिरपरिचित हुनुहुन्छ ।

संगिना वैद्यलाई हाल नेपालमा तेक्वान्दो खेलको त्तगभभल भनेर पनि चिन्दछन् भने दीपक विष्टलाई सात गेममा लगातार चार पटकसम्म स्वर्ण जितेका खेलाडी भएकाले उहाँलाई स्वर्णधारी खेलाडी भनेर पनि चिन्दछन् दिपक बिष्ट जन्मेको ठाउँमा नै तेक्वान्दो खेल भएकोले स्थानीय एकदमै हर्षित भएको शिवराज राना भन्छन् । त्यसैगरि सुदूरपश्चिमकै कुरा गर्ने हो भने यस् क्षेत्रमा तेक्वान्दो विस्तार गर्ने हस्तीको रुपमा श्री दिपक विष्टलाई चिन्दछन् । हाल उहाँ तेक्वान्दोबाटै राष्ट्रिय खेलकुद परिषद्को रुपमा कार्यरत हुनुहुन्छ ।

नेपाललाई सबैभन्दा अन्तर्राष्ट्रिय सफलता दिलाउने खेल नै तेक्वान्दो खेललाई लिने गरिन्छ । त्यसैले नेपालको तेक्वान्दो खेलले दिलाएको अन्तर्राष्ट्रिय सफलता नेपालको खेलकुद क्षेत्रमा स्वर्ण अक्षरले कोरिएका छन् ।

समग्र खेल क्षेत्र अथवा तेक्वान्दो खेलका लागि राज्यको लगानी आवश्यक रहेको छ ।

प्रतियोगिताकाे समापन गर्दै कृष्णपुर नगरपालिका वडा नम्बर ८ का सदस्य जय सिंह बिष्टले खेलकुद प्रतियोगिताले खेलाडीहरु उत्पादन गर्न टेवा पुग्ने बताउनुभयो । विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई खेलकुदमा सहभागी गराउन सकेको अवस्थामा उनीहरुमा खेलप्रति उत्साह बढ्नुका साथै उनीहरु अनुशासित हुनेसमेत बिष्टको भनाइ थियो ।

यसै बीच कार्यक्रमा विशिष्ट अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ८ अध्यक्ष खड्काले विशिष्ट अतिथिको आसन बाट बोल्दै भन्नु भयो ” मानसिक स्वास्थ्यका दृष्टिकोणले खेलको भुमिका महत्वपूर्ण हुनुका साथै व्यक्तिको शारीरिक, सामाजिक तथा आध्यात्मिक विकासमा समेत खेलले ठुलो सहयोग पुर्‍याउँछ । केटाकेटीहरूले त खेलकै माध्यमद्वरा आफ्नो संवेग, इच्छा, सोचाई, भावना, असन्तुष्टि, कुण्ठाहरू, व्यक्त गरिरहेका हुन्छन् । व्यक्तिले आफ्नो मनको गोप्य कुरा समते खेलको माध्यम द्वारा व्यक्त गरिरहेको जानकारी गराउदै हाम्रो मुडलाई राम्रो बनाउने भएको हुँदा हाम्रो जीवनलाई सार्थक र सवल बनाउन खेलकुद अति आवश्यक रहेको उहाको तर्क थियो। साथै आगामी कृष्णपुर ८ मजगाउँ खेलमैदान नमुना खेलमैदान बनाउन सक्दो सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply