सुदूरपश्चिमको बिकासमा प्रधानमन्त्री देउबाको भूमिकाको राज्यमन्त्री रैका द्घारा उच्च प्रशंसा

  1. नेपाली काग्रेसका सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउबा र काग्रेस महासमिति सदस्य तथा सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका बिच प्रधानमन्त्री निवास बालुवाटारमा भेटबार्ता भएको छ ।

भेटका क्रममा राज्यमन्त्री रैकाले प्रधानमन्त्री देउबालाई सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम ,बिकास योजना,बजेट  बारेमा जानकारी गराउनु भएको थियोे । त्यस्तै राज्यमन्त्री रैका ले प्रधानमन्त्री देउबा समक्ष अाफुहरुले सुदूरपश्चिमको शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासलाई बिशेष प्राथमिकता दिएर काम गरिरहेको बताउदै संघीय सरकारबाट उक्त क्षेत्रमा थप सहयोगका लागि अनुरोध गर्नुभएको थियोे । उक्त अवसरमा  सुदूरपश्चिमक‍ो बिकासमा प्रधानमन्त्री देउबाले खेलेको भूमिकाको राज्यमन्त्री रैका ले उच्च प्रशंसा समेत गर्नुभएको थियोे ।

प्रधानमन्त्री देउबा र राज्यमन्त्री रैका बिच अासन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनैतिक घटना क्रममा बारेमा समेत छलफल भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply