वनदेवी सामुदायिक वनको नमुना काम : कम्प्युटर तालिम संचालन

कञ्चनपुर :- कृष्णपुर नगरपालिका  वडा न ९  वनदेवी सामुदायिक वनका ३० जना किशोर,किशोरी लाई लक्षीत गरि आधारभुत कम्प्युटर तालिम सुरु गरिएको छ । कृष्णपुर  नगरपालिका ९ राजघाट स्थितध वनदेवी सामुदायिक वनले आयोजना गरि  कम्प्युटर तालिम सुरु गरिएको छ ।

कम्प्युटर शिक्षा आजको आधारभुत आवश्यकता भन्ने नारा सहित वनदेेवी सामुदायिक वनले  कम्प्युटर शिक्षाको लागी उक्त कार्यक्रम गरिएको  सामुदायिक वनका अध्यक्ष निरज भण्डारीले  वताए । आजको आवश्यकता कम्प्युटर  शिक्षा रहेकोले  दिर्घकालीन रुपमा प्रयोग हुने यो शिक्षामा  विशेष ध्यान दिनुपर्ने भण्डारीले  वताए ।

अहिले कम्प्युटर  शिक्षा सवै क्षेत्रमा आवश्यकता रहेको भन्दै सक्षम भएपछी रोजगार हुनुपर्ने उनले जनाए । दिगो विकास र सक्षम नागरिक बनाउन वनदेवी सामुदायिकले लक्षित वर्गलाई छनोट गरेको  सामुदायिक वनका अध्यक्ष भण्डारीले  वताएका छन । तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्न जोड दिदै तालिम प्रभावकारी बनाउन आग्रह गरे ।

राजघाट एक सामुदायिक वनले उदाहरणीय काम गरेको छ। पहिले वन संरक्षण गर्ने नाउमा संरक्षणमै सीमित थिए, सामुदायिक उपभोक्ता समुह। तर,६ महिनामै  उदाहरणीय काम गर्न थालेकाे छ। अहिले वनले आयआर्जन सँगै सामाजिक काममा समेत सक्रियाता देखाउँदै आएको छ, सामान्यतया सामुदायिक वनले दाउरा, घाँसको संरक्षण र बिक्री गर्ने गर्छन् तर यस सामुदायिक वनले भने आर्थिक वर्ष २०७८/०७९ देखि बेग्लै पहिचान बनाउन थालेको छ।

कृष्णपुर वडा नम्बर ९ राजघाट वनदेवी  सामुदायिक वन उपभोक्त समुहले लोभलाग्दो काम गरेको छ। भण्डारी आएपछि वनमा सडेर, कुहिएर जाने काठ पनि प्रयोगमा आउन थालेको छ, आम्दानी गर्न पनि सफल हुनुको साथसाथै । साना बोटविरुवालाई पनि जोगाउन, हुर्काउन सजिलो भएको जानकारी दिए । कार्यक्रमकाे सभापतित्वमा  वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी । प्रमुख अतिथि कृष्णपुर वडा नं.९ का वडाअध्यक्ष कैलाश बलायर, अतिथि रहेकोे कार्यक्रममा लक्षित वर्ग अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।

तालिमको उदघाटन कार्यक्रमा बोल्दै प्रमुख अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बलायरले अहिलेको युग प्रविधिको युग भएकोले कम्प्युटर शिक्षाको महत्व बढ्दै गएको र यसको प्रयोग सम्वन्धी सीप सिकाउनु आवश्क रहेको बताए ।

कार्यक्रममा सहभागी  विशिष्ट अतिथि सब डिभिजन वन कार्यालय पिपरियाका प्रमुख नवीन सिंह, CFCC कञ्चनपुर सहसचिव पुनाराम चौधरी, समाजसेवी लालबहादुर चौधरीले शुभकामना संदेश का साथसाथै अत्यन्तै सान्दर्भिक सुझाव दिएका हुन , अन्य अतिथिमा गणेश ऐर, घनश्याम जाेशी, शालिभान विक, महेन्द्र सिंह , लाेकराज ओझा, लगायत अन्य उपस्थिति रहेकोे यस् कार्यक्रममा  सञ्चालक समितिका सदस्य, कर्मचारीहरू लगयत कम्प्युटर तालिम लिने प्रशिक्षार्थी र अभिभावकहरु का बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन सामुदायिक वनका काेषा अध्यक्ष दिर्घराज ओझाले गरेकोे   कार्यक्रमका वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारीको  सभापतित्वमा सम्पनन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply