सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादर रैका ले टिकापुर अस्पतालको अनुगमन निरीक्षण गर्नुभएको छ ।
यसक्रममा राज्यमन्त्री रैका ले अस्पताल बिकास समितिका पदाधिकारीहरु,चिकित्सकहरुसंग अस्पतालको भौतिक सरचना,दक्ष जनशक्ति,श्रोत साधन र ब्यवस्थापकिय पक्षको बारेमा जानकारी लिनुका साथै अस्पतालमा सेवा लिन अाएका बिरामी र उनका अाफन्तहरुसंग अस्पतालले दिईरहेको सेवाका बारेमा छुट्टा,छुट्टै छलफल समेत गर्नुभएको थियोे ।
कार्यक्रममा राज्यमन्त्री रैका ले टिकापुर अस्पताललाई थप सुबिधा सम्पन्न बनाउनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले अस्पतालको स्वास्थ्य सेवामा सबै जनताको सहज र सरल पहुँचको सुनिश्चितता गरि स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिनुभयो । साथै राज्यमन्त्री रैका ले सिकलसेल एनिमिया बिरामीको परिक्षण कार्यलाई तत्काल शुरुवात गर्न समेत निर्देशन दिनुभयो ।