वनदेवी सामुदायिक वन उपभोक्ता समुह राजघाटमा तिज समारोह सुरु

 

सरस्वती सुनार

कञ्चनपुर : कृष्णपुर ९ राजघाट वनदेवी सामुदायिक वन उपभोक्ता समुहकाे प्राङ्गणमा सनिवार देखि हरितालिका तीज, समारोह सुरु भएको छ। वनदेवी सामुदायिक वन उपभोक्ता समुहको तर्फबाट हरितालिका तिज २०७९ को अवसरमा सामुदायिक वनले मुख्य कार्यालयको हलमा आयोजित महिला तिज कार्यक्रम सुरु गरेको छ ।

तिज कार्यक्रममा महिलाको सहभागीता अत्यन्तै बाक्लो रहेको थियो। कृष्णपुर नगरपालिकाका वडा नम्बर ९ का अध्यक्ष श्री कैलाश बलाषर प्रमुख अतिथि विशिष्ट अतिथि कृष्पुर नगरपालिकाका कार्यपालिका सदस्य कालिका चौधरी, CFCC कञ्चनपुर जिल्ला सहसचिव पुनाराम चौधरी, जानकी सामुदायिक वनका अध्यक्ष चन्द प्रकाश भट्ट, गौरादेवी सामुदायिक वनका अध्यक्ष, राजेश महरा, महिला दिदीबहिनी वनदेवी सामुदायिक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमकाे सभापतित्वमा वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी,रहेको कार्यक्रममा स्वागत मन्तब्य साबित्रा साउदले राख्नु भएको थियो साथै कार्यक्रम सञ्चालक समाजसेवी लाेकराज ओझाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बलायरले शुभकामना व्यक्त गर्दै नेपाली समाज बहुल संस्कृतिले सम्पन्न भएको उल्लेख गर्नुभयो, । उहाँले भन्नुभयो, “तिज हिन्दु धर्म मान्ने महिलाहरूको एउटा विशिष्ट पर्व हो । सामाजिक विविधतायुक्त समाजमा यस पर्वको छुट्टै महत्व छ । मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा तिजले विशेष टेवा पु¥याउन मद्दत पु¥याएकोे बताउनुभयो । तिज आत्मीयता र सद्भावको पर्व पनि हो भन्दै वडा नम्बर ९ मा तिज समारोहका लागि आर्थिक सहयोग ५० हजार रुपैया वडाबाट छुट्टयाइएको समेत जानकारी गराए।

हिन्दू नारीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ।परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरू निराहार र निर्जल बसी भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन्।हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरू द्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छ। भनिन्छ आराध्यदेव शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवलाइ पतिको रुपमा प्राप्त गर्न तथा भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकि थिईन् त्यसै दिन यहि हरितालिका तिजको दिन परेको थियो र त्यसै दिन देखि आज सम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

भाद्र शुक्ल दितियाका दिन दर खाई भोलि पल्ट तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन आराधानासहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ। सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला देशका सबै शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लाग्छ।

हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएको भन्दै राम्रो र चिताएको पति पाउन अविवाहित कन्याले पनि तीज व्रत बस्ने गर्छन् भने बिबाहित महिलाहरु आफ्नो पतिको दिर्गायुको कामना सहित ब्रत बस्ने प्रचलन परापुर्ब काल देखि चल्दै आएको छ । समस्त हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तिज-२०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली चेलिहरुको सुस्वास्थ्य, दिर्घायू एवं उतरोत्तर प्रगतीको कामना गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply