धनगढीमा सडक सीमा मिचेका संरचना हटाउन निर्देशन

काठमाडौं । धनगढी उपमहानगरपालिकाले मुख्य सडकको दायाँ-बायाँ १५/१५ मिटर खाली गर्न निर्देशन दिएको छ । सोमबार उपमहानगरपालिकाले एक सूचना जारी गर्दै वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन निर्देशन दिएको हो ।

सूचनामा सडकको बिस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनिलाई समेत पत्राचार गरेको छ । यदि उक्त समयमा सडक क्षेत्र खालि नभए कानून वमोजिम कारवाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुस सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply