राज्यमन्त्री रैका द्घारा तीज,अट्वारी,बिनाईतबार पर्वको शुभकामना ।

नेपाली काग्रेसका नेता,सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका ले सुदूरपश्चिम प्रदेशको कला संस्कृति संरक्षण, बिकास र समृद्धिको  चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन् ।

साथै उहाँले सुदूरपश्चिम प्रदेशको धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्धनका लागि अाफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । हरितालिका  तीज,थारु समुदायको अट्वारी र रानाथारुको बिनाईतबार पर्वको अवसरमा एक शुभकामना सन्देश मार्फत उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राज्यमन्त्री रैका ले सांस्कृतिक पर्व हरितालिका तीज,अट्वारी,बिनाईतबारले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास लिनुभएको छ ।

साथै उहाँले यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै एकताको आधार स्तम्भको रुपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी कामना ब्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply