सुदूरपश्चिमको मौलिक सस्कृति महान पर्व गौरा संस्कृतिको जगेर्ना गरौं “
कञ्चनपुर :- कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट स्थित श्री शिवदुर्गा मन्दिरमा सुदूरपश्चिमेलीहरूको महान पर्व गौरा महोत्सव विगत वर्ष जस्तै यस वर्ष घुमघाम संग यहि मिति २०७९ साल भाद्र १८ गते श्री शिवदुर्गा मन्दिरको नजिकै श्री पञ्चाघिन मा.वि. को प्राङ्गणमा आयोजना हुन गईरहेको छ। देउडा प्रतियोगितामा सहभागी भई यस पर्वको शोभा बढाईदिन हुन र यस प्रतियोगितालाई सफल पारिदिन हुन श्री शिवदुर्गा मन्दिर व्यवस्थापनका अध्यक्ष रुद्र शर्माले जानकारी गराए ।
कार्यक्रम
मिति : २०७९ भदौ १८ गते साँझ ३ बजे देखि उद्घाटन कार्यक्रम । मिति : २०७९ भदौ १८ गते पुरुष र महिला विच प्रतिस्पर्धा।
मिति : २०७९ भदौ १९ गते पुरुष र पुरुषको प्रतिस्पर्धा । मिति: २०७९ भदौ २० गते पुरुष र पुरुषको प्रतिस्पर्धा हुनेछ । मन्दिरको वार्षिक छैठौ साधारण सभा तथा देउडा समापन कार्यक्रम । देउडा खेलको अवधि साँझ ४ बजेदेखि राति ८ बजेसम्म हुनेछ ।
स्थान : श्री शिव दुर्गा मन्दिर, कृष्णपुर ९, राजघाट (पञ्चाधीन मा.वि.को प्राङ्गणमा )
नोट : पसल सञ्चालन गर्न चाहने इच्छुक व्यक्तिले मन्दिर प्राङ्गण र विद्यालय प्राङ्गण भित्र पसल सञ्चालन गर्न पाईने छैन यदि कसैले बाहिर पसल सञ्चालन गर्नुपरेमा आयोजक समितिले रोडमा लाईटको व्यवस्था गरि संचालन गर्न सकिनेछ र पसल संचालकले आफ्नो वरिपरिको फोहोर आफैले सफा गर्नुपर्नेछ साथै उक्त देउडा कार्यक्रम अवधिभरि मदिरा सेवन गरि देउडा प्रतियोगितामा सहभागि हुन पाउने छैन र कुनै पनि उछृंखल गतिविधि वा अप्रिय घटना गरेको खण्डमा सो को जिम्मेवारी सो व्यक्ति आफै हुनेछ ।
आयोजक : श्री शिवदुर्गा मन्दिर व्यवस्थापन समिति कृष्णपुर नगरपालिका-९, राजघाट, कञ्चनपुर
सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ । भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर पखाल्ने चलन छ । अठवली अर्थात् अष्टमीको दिन आज भने व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । पूजा सकिएपछि छरछिमेकमा प्रसादका रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसरी खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वाससमेत रहेको छ । गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल्ने चलन छ । देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य समेत गरिन्छ । गौरा पर्व भाद्र शुक्लको पञ्चमीदेखि अष्टमीसम्म गौरा पर्वको पहिलो दिन महिलाले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरिका गेडागुडी भिजाउने गर्छन् । यहाँका महिलाले गहुँ केराउ गहत मास र गुरुस मिसाएर तामाका भाँडामा भिजाउँछन् । यी पाँच अन्नलाई बिरुडा भनिन्छ । दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुहर्तमा सामूहिक रुपमा बिरुडा धोइन्छ। सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठ–मन्दिरमा डालोमा स्थापना गरिन्छ । गौरा भित्र्याएर पूजाअर्चना गरी महिलाले दुबधागो चढाउने गर्छन् । दुर्गाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल)मा फाग गाएर पूजाआजा गर्छन् । साँझपख अभिषेक गरी दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने र सोही दिन व्रतालुले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन् । महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान वृद्धि र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने गर्दछन् । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःखसुख बाँड्नाका साथै माया प्रेम दर्शाउने गरिन्छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था र आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभइ यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।सुदूरपश्चिमेलीहरुले दसँैं भन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने भएकाले गौरामा एकैछिन भए पनि डेउडामा रमाउन परदेशिएका पनि घरपरिवार सम्झिएर फर्किने गर्छन् । गौरामा विवाहित चेली पनि माइत आउने चलन छ ।