मोटरसाइकलले ठक्कर दिदा एक बालिका गम्भीर घाइते

कञ्चनपुर :-कृष्णपुर  नगरपालिका ९ जाेरायलटाेल स्थित बाटोमा हिडिरहेकाे क्रममा मोटरसाइकलले ठक्कर दिदा एक बालिका गम्भीर घाइते भएकी छिन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार राति १०बजेतिर जाेरायलटाेल स्थित घर तर्फ जाँदै गर्दा मोटरसाईकलले ठक्कर दिएको हो ।मोटरसाईकलको ठक्करबाट  ८ बर्षिय नाबालिक अस्मिता थापा गम्भीर घाइते भएकी छिन् । से ७ प ३१९८ नम्बरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएकी उनको माया मेट्राे स्पताल धनगढीमा उपचार भैरहेको   छ । उनको टाउकोसहित शरिरका अन्य भागमा पनि चोट लागेको छ । ठक्कर दिएपश्चात फरार रहेका मोटरसाईकल चालक वर्ष २८ का दिनेश पडाल प्रहरी कार्यालय कञ्चनपुरको टोलीले फेला पारेर अनुसन्धानकालागि कञ्चनपुर जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर  पठाएको कञ्चनपुर प्रहरी प्रबक्ता चक्र बहादुर शाहले जानकारी गराए  । ठक्कर दिए लगतै छिमेकी २८ बर्षीय चालक दिनेश पडाल फरार थिए । घर तर्फ आउँदै गर्दा उक्त दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

One प्रतिक्रिया “मोटरसाइकलले ठक्कर दिदा एक बालिका गम्भीर घाइते

  1. समाचार पनि क्या राम्राे बनाकाे हाे
    म कतिबेला फरार भएकाे थिय लेख्न पायाे भन्दैमा जे मन लाग्याे तेई लेख्न त भयन नि

Leave a Reply