राजघाटमा गौरा पर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

स्वेता भट्ट

भाद्र १८ कञ्चनपुर :शिवदुर्गा मन्दिर राजघाटमा गौरा पर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कृष्णपुर नगरपालिकाको सहयोगमा मन्दिर व्यवस्थापन समिति राजघाटले उक्त कार्यक्रमको आयोजना गरेको हो । “भाषा, साहित्य, कला र  संरक्षण गर्नु हाम्रो दायित्व हो ।” नारा सहित आयोजित कार्यक्रममा कलाकारहरुको प्रस्तुतिसँगै शुभकामना आदान प्रदान गरिएको थियो । मन्दिर व्यवस्थापनका अध्यक्ष रुद्र शर्माको  सभापतित्वमा भएको उक्त कार्यक्रममा नगर प्रमुख हेमराज ओझा प्रमुख अतिथि रहेका थिए भने नगर उप प्रमुख द्राेपती राना, वडा नम्बर ९का अध्यक्ष कैलाश बलायर,वडा नम्बर ८ का अध्यक्ष दिनेश खड्का, बरिस्ठ समाजसेवी छत्र बहादुर महरा, पुनाराम चौधरी, बिष्णु खड्का, लेखराज जाेशी,लालबहादुर चौधरी,गणेशबहादुर खड्का,जय सिंह विष्ट, गणेश ऐर, कालिका चौधरी, सलिता बिक विशिष्ठ अतिथि थिए । अतिथिमा विभिन्न संघ संस्थाका प्रतिनिधि बुद्धिजीवी, शिक्षक, समाजसेवी लगायतको उपस्थिति रहेको कार्यक्रममा गायक, कलाकार, खगेन्द्र अवशथी, धना साउद, लेखक, कला संस्कृतिको संरक्षणका लागि काम गर्ने व्यक्तिहरु लगायत स्थानीयको बाक्लो सहभागिता रहेको थियो । लोप हुँदै, मासिदै गएका लोक पर्व र परम्पराको संरक्षण गर्न जरुरी छ भन्ने सन्देश दिन र सो पर्वहरुको संरक्षण र प्रवृद्धन गर्नका लागि कार्यक्रमको आयोजना गरिएको मन्दिर ब्यबस्थापनका अध्यक्ष शर्माले  बताए । कार्यक्रममा गायक खगेन्द्र अवश्थी, धना साउद सहभागी अन्य व्यक्तिहरुले आफ्नो प्रस्तुती राखेका थिए । व्यवस्थापनका अध्यक्ष शर्मा र नगर उपप्रमुख ओझाले समेत गायनबाट शुभकामना सन्देश दिएका थिए । कृष्णपुर नगरपालिका ९ राजघाटमा पहिलोपटक भएको कार्यक्रमको बारेमा चन्द बहादुर महराले प्रकाश पार्नु भएको थियो भने सञ्चालन चन्द बहादुरले गरेक थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख ओझाले सुदूरपश्चिमकाे लोक पर्व गौरा लगायतका अन्य पर्वहरुको संरक्षण र प्रबृद्धनका लागि आफु कटिबद्ध रहेको बताए । सुन्दर सुदूरपश्चिमको भाषा, कला, साहित्य, धार्मिक पर्यटन, विशेष पर्वहरु र परम्परागत रितिरिवाजहरुको संरक्षणका लागि सो क्षेत्रमा काम गर्ने संघ संस्था र व्यक्तिहरुको समन्वयमा विशेष कार्यक्रम बनाएर अगाडी बढ्न तयार रहेको उनको भनाई थियो । नगर उप प्रमुख द्राेपती रानाले पर्व, परम्परा, संस्कृती संरक्षणका लागि डेउडा प्रतिष्ठनले व्यक्त गरेको चिन्ता, चासो र कार्यक्रमका लागि आगामी दिनहरुमा पनि समन्वय र सहकार्य गरेर कार्यक्रमहरु आयोजना गरिने बताइन् । लामो  समय देखि लोक डेउडा गीतहरु सृजना गर्दै, सयौं देउडा गीतहरुमा आवाज भर्दै यहाँको भाषा, साहित्य, कला संस्कृतीको संरक्षण र प्रबृद्धनमा योगदान पु¥याए वाफत सम्मान गरिने जानकारी गराए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply