प्रेस सेन्टर नेपाल सुदुरपश्चिम प्रदेश समितिको तेस्रो बैठक सम्पन्न

धनगढी : नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठनका प्रेस सेन्टर सुदुरपश्चिम प्रदेशको तेस्रो बैठक मंगलबार प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा सम्पन्न भएको छ। बैठक सुदुरपश्चिम प्रदेश पार्टी इन्चार्ज खकराज भट्टको प्रमुख आतिथ्य र प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा (जुगल)को विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो । बैठकमा प्रमुख अतिथिको आसन बाट बोल्दै पार्टी प्रदेश इन्चार्ज भट्टले प्रेस सेन्टर नेपालले खेल्दै आएको भुमिका बारे प्रशासन गरेका हुन । प्रेस सेन्टर नेपालले अहिलेको समय सान्दर्भमा आफ्नो अमुल्य भुमिका खेलेको बताए । विशेष गरि पार्टी नेतृत्व लाई कसरी अगाडि बढाउने भन्ने विषयमा संगठनले अमुल्य भुमिका खेलेको बताउदै पार्टीले पनि त्यसको मूल्याकंन गरेको बताए । कहि कतै केही ससाना कुराहरुमा भएका कमिकमजोरी लाई पनि सच्यादै अगाडि बढ्न समेत अनुरोध गरे । आगामी दिनहरुमा पनि प्रेस सेन्टर नेपालले पार्टी, देश, र समाज को हित हुने गरि निस्वार्थ पुर्ण आफ्नो पेशाको मान मर्यादा राख्दै, कसैको लोभ लालचमा नपरी आफ्नो कार्यलाई निरंतरता दिनु पर्ने बताए । पार्टीको तर्फबाट हुने कुनै पनि कार्यमा असह नहुने बताउदै संगठनलाई पार्टीले एक महत्त्वपूर्ण अंगका रुपमा लिएको हुँदा संगठनका हरेक कार्यमा पार्टीको पुर्ण रुपमा साथ समर्थन रहेने बताए । यस्तै बैठकमा संगठनका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा जुगलले विशिष्ट अतिथिको आसन बाट बोल्दै प्रेस सेन्टर नेपाल सुदुरपश्चिम प्रदेश कमिटीले आफ्नो कार्यलाई निस्वार्थ रुपमा अगाडि बढाएको बताए । संगठन लाई प्रशिक्षण गर्दै आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा पार्टीलाई जिताउन तर्फ सबैले ध्यान केन्द्रित हुनु पर्ने बताए । पार्टीले जो सुकै व्यक्ति लाई पनि टिकट दिन सक्छ । टिकट दिएपछि संगठनले आफ्नो काम कर्तव्यलाई आत्मसात गर्दै आआफ्नो क्षेत्र बाट पार्टीलाई जिताउन तर्फ निस्वार्थ पुर्ण भुमिका खेल्न प्रदेश कमिटीलाई निर्देशन दिएका हुन । उक्त कार्यका संगठनको केन्द्र तर्फ बाट प्रदेशको आवश्यकता अनुसार पुर्ण रुपमा सहयोग रहने बताए ।

यस्तै अध्यक्ष जुगलले संगठनलाई पनि थप बलियो र ऊर्जावान बनाउनु पर्नेमा जोड दिए । सोही अवसरमा उनले जोडे संगठनमा रहेका साथीहरुले सधै पार्टी, संगठन, देश र जनताको हितमा हुने कार्य गर्नु पर्ने बताए । देशमा गणतन्त्र माओवादीले ल्याएको कुरालाई स्मरण गराउदै पार्टीले देश र जनताको हितमा गरेका कार्यको खुलेर प्रचारप्रसारमा पनि जोड दिनु पर्ने बताए ।

बैठकमा पार्टी केन्द्रिय वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष निर्मल ज्ञवालीको उपस्थिति रहेको थियो । यस्तै बैठकमा महासचिव, सचीव, केन्द्रिय सदस्यहरुको सहभागिता रहेको थियो । बैठकमा आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघको निर्वाचन र संगठनात्मक विभिन्न एजेण्डाका विषयमामा छलफल भएको थियो ।

बैठक सुदुरपश्चिम प्रदेश अध्यक्ष भुवन बोहराको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रेस चौतारीबाट दुई जना नेता नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालमा प्रवेस गरेका छन । प्रेस चौतारी कञ्चनपुरका सह सचिव धन बहादुर विश्वकर्मा, कैलाली चौतारी नेता प्रकास मिश्र प्रेस सेन्टरमा प्रवेस गरेका हुन । लामो समयदेखि विश्वकर्मा प्रेस चौतारीमा आबद्ध थिए । प्रेस चौतारीभित्र गुटगत राजनीतिले झागिएपछि श्रमजिवी वर्गहरुका लागि प्रेस सेन्टर उपयुक्त देखेर सेन्टरमा प्रवेस गरेको उनीहरुले बताए । रैकबार खबरका सम्पादक विश्वकर्मा पुनर्वासका स्थानीय पनि हुन ।

सोमबार प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णू प्रशाद सापकोटा(जुगल)ले प्रेस चौतारी परित्याग गरेर सेन्टरमा प्रंवेस गर्ने विश्वकर्मा र विकलाई स्वागत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply