माेहना नदि छेउमा एक किशोरीको शव फेला

कैलाली :- भदौ २४ शुक्रबार माेहना नदि किनारमा एक किशोरीको शव फेला परेको छ धनगढीबाट बेपत्ता भएकी आस्था शर्माको रहेको खुलेको छ। सोमबारबाट बेपत्ता रहेकी धनगढी उपमहानगरपालिका-१३ की १५ वर्षीया शर्मा शुक्रबार बिहान मोहना नदीमा मृत भेटिएकी हुन्। सोमबार उनी विद्यालय जान्छु भनेर घरबाट हिँडेकी थिइन खाेज्ने क्रममा आज माेहना किनारमा फेला परेको हाे  बेपत्ता भएकी उनको खोजीको लागि प्रहरी टोली खटिएको थियो। खोज्ने क्रममा आज उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा फेला परेको हो। शवले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको कैलाली प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply