दलित भनेर अपमान गर्दै ज्यान मार्ने धम्की दिनेलाई कारबाहीको माग

दलित भनेर अपमान गर्दै ज्यान मार्ने धम्की दिने भुपेन्द्र बहादुर सिंहलाई नेपाल दलित मुक्ति मोर्चाले कारबाहीको माग गरेको छ । बझाङ जिल्ला खप्तड छान्ना गाउँपालिका घर भएका सिंहले सोही गाउँपालिकामा बस्ने टंक आर्गि लाई दलित भन्दै अपमानजनक गाली बेइज्जत गर्दै ज्यान मार्ने धम्की दिएकोले कारबाहीको माग गरेको हो ।

दलित मुक्ति मोर्चा सुदूरपश्चिम प्रदेश कमिटी संयोजक बिनिता बिकले भदौ २७ गते प्रेस विज्ञप्ति जारी गर्दै जातीय भेदभाव तथा छुवाछूत जन्य अश्लिल गालीगलोज गर्दै फोन मार्फत ज्यान मार्ने धम्की दिएको घटना प्रति कडा आपत्ति जनाउदै तत्काल पक्राउ गरि कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ हाल काठमाडौं किर्तिपुरमा बस्ने सिंहले भदौ १९ गते फोन मार्फत गालीगलोज गर्दै ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएकोले मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।  सामाजिक सदभाव खलबल्याउने गरि सिंहले कानूनको उपहास गरेकोले कानुन विपरीतका क्रियाकलापको मोर्चा निन्दा र भत्सर्ना गर्दछ ।

कानुनी रुपमा जातीय छुवाछूतको अन्त्य भएको बेलामा दलितलाई अपमान गरेको कुनैपनि हालतमा स्वीकार गर्न नसकिने भन्दै कानुनको सम्मान गरि दोषीलाई कारबाही गर्न मोर्चाले सरकार संग जोडदार माग गरेको छ । सामाजिक संजालमा विभेदकारी सिंहको चर्को विरोध गर्दै कानुन बमोजिम कारबाहीको माग भइ.रहेको बिकले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply