फागुन २२
झापाका पाँच वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा सबै क्षेत्रमा रास्वपाका उम्मेदवा पहिलो स्थानमा छन्।
झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह पनि प्रतिस्पर्धामा छन्। उनले हालसम्म ६ हजार ५ सय ५१ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार ४ सय २८ मत प्राप्त गरेका छन्।
झापा ४ मा रास्वपाका शम्भुप्रसाद ढकालले १ हजार ७ सय ७५ मतका साथ अग्रता लिइरहेका छन्। नेकपा एमालेका लालप्रसाद साँवा लिम्बू ५ सय ७९ मतका साथ ढकाललाई पछ्याइरहेका छन्। तर ढकाल तेब्बरले मतले अघि छन्। नेपाली कांग्रेसका देउकुमार थेवेले ४ सय ७० मत प्राप्त गरेका छन्।
झापा ३ मा प्रकाश पाठकले अग्रता लिइरहेका छन्। उनले ६ हजार ८२ मत प्राप्त गरेका छन्। राप्रपाका राजेन्द्र लिङ्देनले हालसम्म जारी मतगणनामा ३ हजार ७० मत प्राप्त गरेका छन्।
श्रम संस्कृति पार्टीका दिपक तिम्सिनाले १ हजार ५ सय ८२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका हरीबहादुर राजवंशीले १ हजार ३ सय ८२ मत ल्याएका छन्। कांग्रेसका राजेन्द्रकुमार घिमिरेले १ हजार २ सय ७ मत ल्याएका छन्। नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरेले १८८ मत ल्याएका छन्। यसअघि झापा ३ बाट राप्रपाका लिङदेन विजयी भएका थिए। लिङदेनलाई नेकपा एमालेले सघाएको थियो। राप्रपाले पनि कोशीका विभिन्न जिल्लामा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गरेको थियो।
झापा २ मा रास्वपाकी इन्दिरा राना मगरले अग्रता लिइरहेकी छिन्। उनले ४ हजार ५ सय ८० मत प्राप्त गरेकी छिन्। उनको निकटतम प्रतिद्वन्दवी नेकपा एमालेका देवराज घिमिरे छन्। झापा २ मा पूर्वसभामुख घिमिरे र पूर्व उपसभामुख राना मगरबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ। घिमिरेले १ हजार ३ सय १० मत प्राप्त गरेका छन्। कांग्रेसकी सरिता प्रसाईले १ हजार १ सय २५ मत प्राप्त गरेकी छिन्। श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ६ सय ७ मत प्राप्त गरेका छन्।
झापा १ मा रास्वपाकी निशा डाँगीले अग्रता हासिल गरेकी छिन्। उनले हालसम्म ३ हजार १ सय ७० मत प्राप्त गरेका छन्। उनको निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृती पार्टीका केवराम राई छन्। उनले १ हजार ३ सय २० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका केशवराज पाणं८ले १ हजार २८ र नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७८० मत प्राप्त गरेका छन्।
झापाको मतगणना अहिले प्रारम्भिम चरणमा छ। मतपरीणाम आउन भने समय लाग्ने देखिन्छ।
