नवौं राष्ट्रिय खेलकुद : टस जितेको सुदूरपश्चिमलाई कांस्य पदक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत वर्षाले प्रभावित पुरुष क्रिकेट प्रतियोगितामा टस जितेकै आधारमा सुदूरपश्चिम टिमलाई कांस्य पदक विजेता घोषणा गरिएको छ ।

नेपाल टी–२० लिगका कारण एक महिना अगाडि सारिएको प्रतियोगिताका अधिकांश खेलहरु वर्षाले प्रभावित हुँदा टस नै नभइ बिथोलिएका थिए ।

त्रिवि मैदानमा शुक्रबार तेस्रो स्थानका लागि एनआरएनए र सुदूरपश्चिमबीच खेल हुनुपर्ने थियो । सुदूरपश्चिमले टस जिते पनि वर्षाका कारण खेल हुन नसक्दा प्रतियोगिताको नियमअनुसार सुदूरपश्चिमलाई विजेता घोषणा गरिएको हो ।

प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरु नेपाल पुलिस र त्रिभुवन आर्मीबीच शनिबार प्रतिस्पर्धा हुँदैछ ।

एनआरएनए टिमका कप्तान सुनाम गौतमले टसबाट विजेता घोषणा गरिएकोमा फेसबुकमार्फत असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply