धनगढी :- यही २०७९ भदौ ३०, ३१ र असोज १ गतेको अविरल वर्षाका कारण नदी, खोलानालामा आएको बाढीबाट कैलालीका विभिन्न स्थानमा एक हजार पाँच सय बढी परिवार (सात हजार पाँच सय बढी व्यक्ति) विस्थापित भएका छन पीडित तथा प्रभावित प्रति नेपाली काँग्रेस कैलालीको गम्भीर ध्यानाकर्षण भएको छ । भारी वर्षा, बाढी तथा पहिरोबाट कैलालीको भजनी, टीकापुर, लम्कीचुहा नगरपालिका तथा जोशीपुर, जानकी, चुरे र कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिकाका विभिन्न वडा र गाउँमा व्यापक धनमालको क्षती भएको छ । बाढीबाट कैलालीको भजनीमा एक जनाको मृत्यु भएको छ भने धनगढी उपमहानगरपालिका–१३ कि युवति नालामा बगेर वेपत्ता भएकी छिन् । दुई जना घाइते भएका छन् ,भने एउटा झोलुंगे पुल क्षतीग्रस्त हुनुका साथै सयौ कुखुरा मरेका छन् । बाढी र डुबानका कारण कैलालीका भजनी, धनसिंहपुर, लालबोझी, जोशीपुर, लगायतका स्थानमा धानबाली नोक्सान भएको छ । प्राकृतिक विपद्का कारण हजारौं परिवारको अन्नपात, लुगाकपडा, भाँडाबर्तन लगायतका सरसामान नोक्सान भएको छ । नेपाली काँग्रेस कैलालीले प्राकृतिक विपदमा ज्यान गुमाएका व्यक्तिहरुमा हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ । साथै, घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ । भारी वर्षा, बाढी पहिरोका कारण विस्थापित तथा प्रभावित भएका व्यक्ति र परिवारको उद्दार, राहत, बसोबास र पुनस्र्थापनाको कार्यमा खटिन नेपाली काँग्रेस कैलालीका सम्पूर्ण इकाईहरु, भातृ तथा शुभेच्छुक संघसस्था, क्रियाशील सदस्य तथा समर्थकहरुमा आह्वान गर्नु भएको छ । प्राकृतिक विपदबाट प्रभावित तथा विस्थापित भएकाहरुलाई यथासिघ्र सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन र उनीहरुलाई उचित राहत सामग्री उपलब्ध गराउँदै पुनस्र्थापनाको यथोचित व्यवस्था मिलाउन नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र कैलालीका सबै स्थानीय सरकारहरुसंग जोडदार माग गर्नु भएको नेपाल काग्रेस कैलाली जिल्ला सभापति नारायण दत्त भट्टले जानकारी दिनु भएको छ । भारी वर्षा, बाढी र पहिरो, नदी कटान र डुबानका कारण भएको धनमालको यथासिघ्र यथार्थ विवरण संकलन गरी उचित क्षतीपूर्ति दिन पनि तीनै तहका सरकारहरुसंग माग गर्नु भएको छ ।
प्राकृतिक विपदको यो घडीमा नेपाली काँग्रेस कैलाली पीडित, प्रभावित तथा विस्थापितहरुको दुःख कष्टमा एकाकार हुँदै उनीहरुको उद्दार, राहत, बसोबास र पुनस्र्थापनाको कार्यमा सम्पूर्ण रुपमा साथमा रहेको छ । साथै, पछिल्लो भारी तथा अविरल वर्षा, बाढी र पहिरोका कारण अछाम र दार्चुलामा ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको छ । यी घटनामा घाइते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै । कैलाली सहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको अपूरणीय क्षतीप्रति पीडितहरुको पीडामा संवेदना व्यक्त गर्दै नेपाल सरकार तथा प्रदेश सरकारलाई वेपत्ताहरुको खोजी कार्य प्रभावकारी बनाउन र पीडितहरुलाई यथासिघ्र उचित राहत तथा क्षतीपूर्ति र पुनस्र्थापनाको व्यवस्था मिलाउन नेपाली काँग्रेस कैलालीले पृस बिज्ञर्ति मार्फत जोडदार माग गर्नु भएको छ । यसै गरि कंचनपुरमा आएको बाडि र ढुवानले गर्दा सयौं घर बिस्तापित हुनुका साथै क्षतग्रस्त भएका घर हरुलाइ पुनर स्थापना गर्नुका लागि सहित यसै प्रेस बिज्ञर्ति मार्फत जानकारी गराउनु भएको छ ।