कंचनपुरपुरको कृष्णपुर नगर पालिकामा रक्तदान कार्यक्रम सम्पन्न

धनगढी । कंचनपुरपुरको कृष्णपुर नगर पालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  संम्बिधान दिवसको अबसरमा कृष्णपुर नगरपालिकाको आयोजना र नेपाल रेडक्रस प्रादेशिक रक्त सञ्चार सेवा धनगढीको सहयोगमा संविधान दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम कृष्णपुर स्वास्थ्य चौकिको भवनमा  नगरप्रमुख हेमराज ओझा को अध्यक्षतामा कार्यक्रम  सम्पन्न    भएको छ । नगरप्रमुख ओझाले कृष्णपुर बासीलाई निशुल्क रगत उपलब्ध गराउन धनगढीको रक्तशंचार केन्द्रसँग सम्झौता गरेकाले आफुहरुले पनि नेपाल रेडक्रस प्रादेशिक रक्त सञ्चार सेवा धनगढीमा रगत जम्मा होस भनेर रक्तदान गरिएको जानकारी दिनु भएको छ  ।

साथै रक्तदान कार्यक्रममा सहभागीसबैलाई नगर प्रमुख ओझाले धन्यवाद बेक्त गर्नु भएको छ  ।

यस्तै रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत जम्मा भएको नगर प्रमुख हेमराज ओझाले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply