धनगढी :- सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला को धनगढी उपमहानगरपालिका चौराहाबाट दक्षिणतिर मोहना पुल सकिनेबित्तिकै दोबाटो आउँछ, एक– भारत पस्ने गौरीफण्टा नाका, अर्को पुनर्वास नगरपालिका प्रवेश गर्ने डोकेबजार जो पचास वर्षदेखि कञ्चनपुर जिल्लाको दक्षिण बेल्ट पुग्ने प्रवेशद्धार बनेको छ। अर्थात जसले सीमा पारी र सीमा वारी देखाउन सक्छ।
राजा महेन्द्रले देशभरिका बाढीपीडितलाई २०२२ र २०२७–२८ सालमा दुई चरण गरेर बसालेको बस्ती झ्याँगिएसँगै साविकको लालझाडी गाविसमा पर्ने डोकेबजार हुँदै स्थानीय धनगढी पुनर्वास आउजाउ गर्न थाले। तीस र चालिसको दशकमा पहाडबाट बसाइँसराइ गरी पुनर्वास जानेहरुको भीड पनि बाक्लिँदै गयो। खुद्रा व्यापार र किनमेलका लागि धनगढी–पुनर्वास गर्नेको पनि उस्तै ओहोरदोहोर भयो। अहिले पनि भइरहन्छ।
मोहना नदीको किनारमा उभिएको डोकेबजार १७१ नम्बरको सीमा स्तम्भ ले पनि चिनिन्छ । सोही स्तम्भको पाँच किलोमिटर दक्षिणतिर घना सालघारी छ, जुन भारतीय भूमिमा पर्छ। तर, सालघारीको छाया भने कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा पर्ने डोकेबजारमाथि सधैं पर्छ। डोकेबजारको अगाडि उभिएको सालघारी ‘दुदुवा नेसनल पार्क’का नामले चिनिन्छ। नेसनल पार्कको अगाडि बजारसँगै जोडिएको ग्राभेल बाटो कुनैबेला गोरेटो थियो। नेपालतिरको बाटो थियो। बाटोपारीको सालघारी किनारमा उभिएर एकछिन हावा खानु, पानी खानु र सालघारीको वन पसेर पिसाब फेर्नुको आनन्द शब्दमा बयान गर्न सकिँदैन।
२०४२ साल अगाडि यो ठाउँमाकेही स्थानीय महिलाले नाङ्लो, बोरा र डोकामा सामान फैलाएर पसल राख्ने गरेको अहिले का स्थापित पुराना व्यापारी हरू बताउँछन् । पहाडबाट मौसम, जुनार, सुन्तला डोकामा ल्याएर १७१ नम्बरको सीमा आसपास बाक्लो भुइँ मा पसल थापिन्थ्यो। डोको मा पसल गर्न सुरुवात गर्ने पुनर्वास नगरपालिका ११ अमरबस्तीकी आइतीमाया सार्कीले २०४२ सालतिर १७१ सीमा स्तम्भको नजिकै पहिलोपटक डोकोमा खुद्रा सामान र केही दाना सुन्तला ल्याएर बेचेकी थिइन्। मौसमका दाना, लक्ष्मीछाप सुर्ती, गुट्खा, देउराली चुरोट, चमेना बिस्कुट र घैंटोमा पानी ल्याएर बेचेकी आइतीमाया भन्छिन्, ‘डोकोमा सामान लगेर डरैडरमा बेच्थ्यौं। कहिले बाँदरको, कहिले मान्छेको डर हुन्थ्यो। त्यस्तो ठाउँ अहिले बजार भयो।’
बुढेसकालको औषधी लिन जाँदा र फर्किंदा डोकेबजारमा उभिएर चालिस वर्ष अगाडि थापेको पसल सम्झिन्छिन्, ‘घना जंगल थियो। अहिले बनेका घरमा पनि जंगल थियो। सानो गोरेटोजस्तो थियो पिल्लर आसपास।’
जीवनको सात दशक हिँडेकी आइतीमाया अहिले पसल थाप्दिनन् तर डोकेबजारको जगलाई भने खुबै सम्झिने गर्छिन्। ‘मैले डोकोमा सामान २० वर्ष बेचें। हामीले थापेको डोकाको पसलबाटै डोकेबजार भयो। खुशी लाग्छ,’ उनले सम्झिन्।
आइतीमायाले डोकोमा ले झै उनलाई पछ्याएर पसल चलाउन गायत्री सापकोटा पनि डोकेबजार पुगिन्। सापकोटाले दश वर्ष पसल चलाइन्। यसरी डोकेबजारमा पुरुषले भन्दा पनि महिलाहरुले पसल चलाएको उनले सम्झिन्, ‘हामी महिलाहरु मिलेर डोकोमा सामान बोकेर जान्थ्यौं। साँझसम्म बस्थ्यौं। डाँकाहरुको भने खुबै डर लाग्थ्यो।’
नदी। नदीमाथिको पुल सकिनेबित्तिकै दोबाटो आउँछ, एक– भारत पस्ने गौरीफण्टा नाका, अर्को पुनर्वास नगरपालिका प्रवेश गर्ने डोकेबजार जो पचास वर्षदेखि कञ्चनपुर जिल्लाको दक्षिण बेल्ट पुग्ने प्रवेशद्धार बनेको छ। अर्थात जसले सीमा पारी र सीमा वारी देखाउन सक्छ।
राजा महेन्द्रले देशभरिका बाढीपीडितलाई २०२२ र २०२७–२८ सालमा दुई चरण गरेर बसालेको बस्ती झ्याँगिएसँगै साविकको लालझाडी गाविसमा पर्ने डोकेबजार हुँदै स्थानीय धनगढी पुनर्वास आउजाउ गर्न थाले। तीस र चालिसको दशकमा पहाडबाट बसाइँसराइ गरी पुनर्वास जानेहरुको भीड पनि बाक्लिँदै गयो। खुद्रा व्यापार र किनमेलका लागि धनगढी–पुनर्वास गर्नेको पनि उस्तै ओहोरदोहोर भयो। अहिले पनि भइरहन्छ।
मोहना नदीको किनारमा उभिएको डोकेबजार अघि १७१ नम्बरको सीमा स्तम्भ छ। स्तम्भको पाँच किलोमिटर दक्षिणतिर घना सालघारी छ, जुन भारतीय भूमिमा पर्छ। तर, सालघारीको छाया भने कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा पर्ने डोकेबजारमाथि सधैं पर्छ। डोकेबजारको अगाडि उभिएको सालघारी ‘दुदुवा नेसनल पार्क’का नामले चिनिन्छ। नेसनल पार्कको अगाडि बजारसँगै जोडिएको ग्राभेल बाटो कुनैबेला गोरेटो थियो। नेपालतिरको बाटो थियो। बाटोपारीको सालघारी किनारमा उभिएर एकछिन हावा खानु, पानी खानु र सालघारीको वन पसेर पिसाब फेर्नुको आनन्द शब्दमा बयान गर्न सकिँदैन।