धनबहादुर बिक
कञ्चनपुर :. जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास का किसानहरु छाडा चौपायाका कारण सास्ती भोग्दै आएका छन् । खेतमा लगाएको धान तथा मकै वाली छाडा पशुचौपायाले खाएर नष्ट गर्न थालेपछि किसानहरुले सास्ती भोग्दै आएका हुन् ।
पुनर्वास नगरपालिका ११ अमरबस्ती स्थित शान्ति टोलवासी
किसानहरूको धानबाली र मकैबाली छाडा पशुचौपाया ले खायर नष्ट पार्दै आएका छन । छाडा पशुचौपाया हरू गाउँ संगै जोडिएको स्थानीय अमरगोकुल सामुदायिक बन सिद्धदेवी सामुदायिक बन तथा श्री अमर श्रीकृष्ण सामुदायिक बन मा बस्ने र रात पर्ने बितिकै धानबाली मा पसि नष्ट गर्ने गरेको पिडित दिनेश बिकले बताए । ६० देखि १०० वटा सम्मको सङ्ख्या मा आउने गरेका छाडा पशु चौपाया हरू बढी जसो रातीको समय खेतवारीमा पसेर बाली नष्ट गर्दै आएको स्थानीय हरूको भनाई छ । पछिल्लो समय छाडा चौपायाका कारण किसानहरुले लगाएको खेतीमा मात्रै नभई सार्वजनिक यातायात सञ्चालनमा समेत चुनौती थपिएको छ् । छाडा पशुचौपाया धपाउन स्थानियहरु रातभरी जाग्रम बस्ने गरेको स्थानियहरु बताउछन् । ‘गाई गोरुको न्यायोचित व्यवस्थापन भने हुन सकेको छैन्’ स्थानियहरु भन्छन्
दुहुनो गाई छउन्जेल घरमा पाल्ने र दूध खाने, दूध दिन छाडेपछि छोड्ने परिपाटीले समस्या थपिदै गएको खाद्य सञ्जाल पुनर्वास का सचिव मानबहादुर थापा बताउँछन । छाडा चौपाया रोकथाम गर्न पशु चौपाया को लगत संकलन गर्नुपर्ने तथा तारजाली को व्यवस्थापन गर्नुपर्ने सञ्जाल का सचिव थापाले बताए ।
धानको बाला लहलह भएको अवस्थामा छाडा चौपाया ले एकै रातमा खेतमा पसेर उपद्रो मच्चाउदै आएको छ्’ स्थानिय चन्द्रमाया कामिले भनिन । जग्गा भएर मात्रै के गर्ने लगाएको बाली उठाउनै पाईदैन । छाडा पशु चौपाया ले विगत ३/४ बर्षदेखी गहुँ ,धान र मकैबाली नष्ट पार्दै अाएको स्थानीय उत्तम महर्जनले बताए । छाडा चौपाया ले बर्सेनि लगाएको बाली नष्ट पार्दै अाएपछि १० कठ्ठा जग्गा बाझै राख्नुपरेको बताए ।
किन खेती लगाएछु जस्तो लागिरहेको छ् स्थानीय अम्मरे कामी दुखेसो पोख्छन । कहिले प्राकृतिक प्रकोपले दुःख दिन्छ त कहिले चौपायाले स्थानीय करन रोकाया ले दुख व्यक्त गरे ।’
वर्षभरिका लागि खान पुग्ने खेत एकै रातमा छाडा चौपायाले सखाप पार्न थालेपछि जहान केटाकेटी कसरी पाल्ने भन्ने चिन्ता रहेको छाडा पशु चौपाया पिडित लोकबहादुर आउजी बताउँछन् ।
स्थानीय जित लोहार , हरिश कोली , कौशिला कामी , गंगाराम कामी , महेश बिक , महन्ते कोली , मनि लोहार , मानबहादुर थापा , सीता भुल , उत्तम महर्जन , दिनेश बिक , चन्द्रामाया कामी , गंगाराम दमाई , मेघ बहादुर कामी , नन्दलाल नेपाली , अोम कोली , करन रोकाया , पार्वती भुल , सीता कार्की , नवराज तामाङ , राजुु भुल लगायत सयौं किसानहरूको धानबाली छाडा चौपाया ले नष्ट पारेको छ ।
छाडा चौपाया ले बाली नष्ट पारेपछि कतिपय स्थानीय हरू परिवार को खर्च जोहो गर्न भारत तर्फा जान थालेका छन ।
नेताहरुले छाडा पशु चौपाया ब्यवस्थापन गर्छु भनेर भोट लगे अहिले फर्केर हेर्दैनन पिडित चन्द्रा कामी बताउछिन् । छाडा पशु चौपाया बाट हुँदै अाएको क्षति विवरण को बिषयमा पटकपटक स्थानीय सरकार लाई जानकारी गराउदा समेत कुनै सुनवाइ हुन नसकेको कौशिला कामिले बताईन । अझै पनि हाम्रो समस्या हल हुन सकेन भने अब हुने कुनैपनि चुनावमा कुनै पनि नेतालाई भोट नदिने स्थानीयले बताएका छन । चुनावी नारा बनाएका उम्मेदवारले चौपाया व्यवस्थापनको लागि ठोस् कदम चाल्नु पर्नेमा उनहरूले जोड दिएका छन ।
स्थानीय सरकारले अहिलेसम्म छाडाचौपाया व्यवस्थापनका लागि कुनै पहल नगरेको पिडित स्थानीय ले आक्रोस व्यक्त गरेका छन । यस बिषयमा पुनर्वास नगरपालिका नगर प्रमुख तोया प्रसाद शर्माले छाडा चौपाया बाट पिडित किसान हरू प्रति सहानुभूति प्रकट गर्दै पिडितहरूबाट क्षति विवरण सहित निवेदन आएमा राहतका लागि पहल गरिने बताउनुभएको छ । छाडा पशु चौपाया रोकथामका लागि तारजाली लगाउन१० लाख रकम वडाबाट छुट्टयाइएको र ६ लाख( ताल ) संस्थाले सहयोग गर्ने भएको छ तथा १५ लाख रकम सुदूरपश्चिम प्रदेश सरकार ले बिनियोजन गरिसकेको वडा अध्यक्ष तुलसी अर्यालले बताएका छन । अध्यक्ष अर्याल का अनुसार अागामि पुस मसान्तसम्म बाट तारजाली जडान गरिने योजना रहेको छ