धनगढी । सशस्त्र प्रहरीले कैलालीको नेपाल भारत नाकाबाट भन्सार छलि ल्याएका सामग्री सहित जिप बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीबाट खटिएको गस्ति टोलिले कैलालीका बिभिन्न सिमानकाबाट भन्सार छलि नेपाल भित्राई राखेका १८ लाख बराबरको सामग्री बरमद गरी जिल्ला भन्सार कार्यालय कैलालीमा बुझाएको छ ।
सिमा नाकाबाट अबैध रुपमा भन्सार छलि ल्याएका किराना सामग्री, कम्प्युटर पार्टस, लेडिज कपडाहरु ल्याउदै गरेको अबस्थामा बोलेरो जिप बरामद गरि भन्सार कार्यालय मा बुझाएको सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख प्रहरी उपरिक्षक धनबहादुर सिहले जानकारी दिनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1