सहिद परिवारलाई मासिक भत्ता तीन हजार

आशिष माल बैतडी । बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकाले सहिद परिवारलाई गाउँ पालिका बाट मासिक भत्ता दिने निर्णय गरेको छ । ब्यबस्था परिबर्तनका लागी सहादत प्राप्त गर्नु हुने परिवारहरुका लागि मासिक ३ हजारका दरले भत्ता दिने निर्णय गर्नु भएको छ ।

गाउँपालिकाले गाउँ सभाबाटै नीति तथा बजेटमा सो कुरा समाबेश गर्नु भएको थियो । कार्यपालिकाको बैठक बाट भत्ता बितरणको नीति बनाएर अगामि महिना देखि सहिद परिवार लाई बैंक सिस्टम मार्फत भत्ता बितरण गर्ने र यो महिनाको भत्ता यहि असोज १३ गत डिलाशैनी गाउँकार्यपालिकाको कार्यलमा सहिद परिवार लाई बोलाएर सम्मान सहित भत्ता बितरण गर्ने डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशिले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply