दार्चुलामा एक जनाको सेफ्टी ट्यांकीमा खसेर मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका–२ गन्नाका अन्दाजी ५० वर्षीय मौरे बोहराको नौगाड गाउँपालिका–४ सिप्टीमा निर्माणाधिन सेफ्टी ट्यांकीको खाडलमा खसेर मृत्यु भएको हो । सिप्टीका कमल सिंह ठगुन्नाको निर्माणाधीन सेफ्टी ट्यांकीमा खसेर बोहराको बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थलमा अहिले प्रहरी खटिएको छ । यसैबीच मालिकार्जुन गाउँपालिका–२ न्वालपानीका ५४ वर्षीय राम सिंह कार्कीले झुण्डिएर आत्महत्या गरेका छन् । कार्की आज दिउँसो घरभन्दा अलि टाढा जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1