सेपाकताक्रोको महिला पुरुष डबलतर्फको दुवै स्वर्ण आर्मीलाई

पूर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सेपाकताक्रो पुरुष र महिला डबलतर्फको दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ ।

पुरुषतर्फको डबलमा विभागीय टोली आर्मीले प्रदेश नं १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि पुरुष डबलतर्फ अनिल जर्घामगर, रोशन तामाङ र दिपेश जङ्ग थापाले स्वर्ण दिलाए । पुरुषतर्फ रजत पदक प्रदेश नं १ र कास्य पदक पदक बाग्मती प्रदेशले हात पारेका छन् ।

त्यसैगरी महिला डबलतर्फ पनि आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ । महिलातर्फको डबलमा विभागीय टोली आर्मीले बागमती प्रदेशलाई सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि महिला डबलतर्फ चन्दा चौधरी, सुमिना डङ्गोल र सोममाया थापाले स्वर्ण दिलाए । महिलातर्फ बाग्मतीले रजत र गण्डकी प्रदेशले कास्यपदक हात पारेका छन् ।

महिला र पुरुषको फरक फरक तीन विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली आर्मीका ९८ खेलाडीले भाग लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply