फुटबल खेल प्रथम उपाधि के एफ सि लाई

धनबहादुर बिक
कञ्चनपुर : सिदार्थ युवा क्लब पुनर्वास ७ द्वारा अायोजि बार्हौ रनिङ चाँदीकप फुटबल प्रतियोगिता को प्रथम उपाधि पुनर्वास न पा ३ स्थित के एफ सी ले हात पारेको छ ।
असोज ८ गतेदेखि सञ्चालित क्लब स्तरिय फुटबल प्रतियोगितामा स्थानीय २० टिम सहभागी बिच भएको कडा प्रतिस्पर्धामा कञ्चनपुर फुटबल क्लब (के एफ सी ) ले त्रिभुवन युवा क्लबलाई २ को बिरूद्ध ३ गोल प्रहार गरि प्रथम भएको हो ।
नकआउट चरन्मा खेलाइएको फाइनल प्रतियोगितामा प्रहिलो हाफ मा के एफ सि ले एक गोल गर्न सफल भएको थियो भने मध्यन्यान्तर पछी पन्याल्टि सुटमा त्रिभुवन युवा क्लबले एक गोल गरेपछि खेल बराबरी मा टुङ्गिन पुगेको मा पुन पाँच पाँच जना खेलाडी बिच भएको पन्याल्टि सुटआउटमा २ का बिरूद्ध ३ गोल प्रहार गरि के एफ सी टिम प्रथम विजेता हुन पुगेको हो ।

प्रथम हुने टिमले नगद १ लाख ६१ हजार चाँदी कप मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन भने द्वितीय हुने त्रिभुवन युवा क्लबले ८१ हजार नगद मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन ।

नेपाली हरूको महान पर्व बिजयादशमिको अवसरमा असोज ८ गतेदेखि सञ्चालित फुटबल प्रतियोगिता निकै शान्तिपूर्ण तथा रोचक ढङ्गले खेलाईएको थियो ।

असोज ८ गते उद्घाटन गरिएको उक्त फुटबल खेलको समापन समेत पुनर्वास नगरपालिका प्रमुख तोया प्रशाद शर्माले गरेका थिए ।
सिद्दार्थ युवा क्लब पुनर्वास ७ च गाउँ को शानदार खेलमैदान मा अायोजना गरिएको उक्त फुटबल खेल प्रतियोगिता मा स्थानीय २० वटा क्लबले भाग लिएका छन ।

फुटबल खेलले जिल्लामै चर्चामा रहेको पुनर्वास मा आयोजित बार्हौ रनिङ चाँदी कप फुटबल प्रतियोगितामा पहिलोपटक प्रत्येक्ष लाईव प्रशारण समेत गरिएको थियोे भने अायोजक सिदार्थ युवा क्लबको पेज मार्फत घरमै बसेर पनि खेलको आनन्द लिन सकिने व्यवस्था मिलाईएको क्लबका अध्यक्ष तथा युवा समाजसेवी बिरबहादुर तामाङले बताए ।
फाईनल खेलको प्रत्यक्ष अवलोकन गर्न करिब पाँच हजार बढी दर्शकले खचाखच भरिएको थियो भने समापन कार्यक्रममा पुनर्वास नगर उप प्रमुख भुलिया कुमारी राना , निवर्तमान नगर प्रमुख जिवनराज थापा , आसन्न निर्वाचन सुदूरपश्चिम प्रदेश कञ्चनपुर क्षेत्र नम्बर १ क का उमेदवार बन्धु राना , जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष बिरबहादुर तामाङ को सभापतित्वमा भएको समापन कार्यक्रम का प्रमुख अतिथि नगर प्रमुख तोया प्रशाद शर्मा रहेका थिए । कार्यक्रम को सञ्चालन शिक्षक तथा समाजसेवी मानबहादुर तामाङले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply