धनगढी : बैतडीमा एक युवकमाथी मदिरा नखुवाएको भन्दै कुटपिट भएको छ ।
जिल्लाको डिलासैनी गाउँपालिका–५ का ३१ वर्षीय धनन्जय नाथमाथि कुटपिट भएको हो । महाअष्टमीका दिन मदिरा नखुवाएको भन्दै नाथमाथी कुटपिट भएको नाथकी श्रीमती जानकी नाथले बताउनुभयो ।
सोही वडाका सचिवका छोरा उमेश धामीको समूहले कुटपिट गरेको उहाँको भनाइ छ । धामीको समूहले महाअष्टमीका दिन कफलासैनी मन्दिरमा मेला हेरेर घर फर्किने क्रममा कुटपिट गरेको नाथले बताउनुभयो ।
उहाँका अनुसार स्थानीय अम्बि लुहार, कमल लुहार र उमेश धामीले मदिरा नखुवाएको भन्दै श्रीमानमाथि कुटपिट गरेका हुन ।
नाथले पैसा नभएको भन्दै मदिरा नखुवाएपछि कुटपिट गरेको बताउनुभयो । धनन्जय नाथको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1